- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरविपद्मा स्थानीय सरकारले चासो कम

विपद्मा स्थानीय सरकारले चासो कम

- Advertisement -spot_img

दाङ, ३ मंसिर । विपद्को जोखिमलाई न्यूनीकरण र व्यवस्थापन गर्न स्थानीय सरकार गम्भीर बन्नुपर्ने स्थानीय सरोकारवालाहरूले बताएका छन् । स्थानीय सरकारले विपद् व्यवस्थापन र पूर्वसूचनाको प्रभावकारिताका लागि नीतिगत व्यवस्था गर्नसके विपद्सँग जुध्नसमेत सहज हुने उनीहरूको तर्क छ ।
सूचना प्रणाली कमजोर हुँदा विपद्को चुनौती बढी हुने भन्दै सरोकारवालाले यसको उचित व्यवस्थापनमा स्थानीय सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । दाङ विपद्को उच्च जोखिममा रहेको जिल्ला भए पनि स्थानीय सरकारले यसलाई महत्व नदिएको पाइएको छ ।
स्थानीयस्तरमा निर्माण गरी पर्ने विपद्सम्बन्धीको कार्यविधि र समितिसमेत केही तहमा निर्माण नभएको भन्दै उनीहरूले नीतिगत रूपमै सुधार गर्नुपर्ने बताए ।
लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासेले विपद्पछिको व्यवस्थापनमा लमही नगर लागेको बताइन । उनले विपद् पूर्वको तयारीमा भने केही कमी भएको बताइन् । विपद्का योजना छनोटमै समस्या भएको उनको भनाइ छ ।
गाउँस्तरमा पनि विपद्लाई प्राथमिकता दिएर योजना छनोट गर्नसके स्थानीय सरकारलाई त्यही अनुसार योजना बनाउन मद्दत पुग्ने बताइन् । उनले विपद्सम्बन्धीको नीतिमै समस्या भएकाले यसको सुधार आवश्यक रहेको बताइन् । दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले स्थानीय सरकार समन्वयमा कमजोर हुँदा विपद् व्यवस्थापनमा पनि समस्या रहने गरेको बताए ।
गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले गाउँपालिकामा यस्ता विषयका बारेमा प्रवेश नै नहुने र भए पनि जानकारी नगराइने हुँदा योजनाको महत्वमा समेत भएको बताइन् । उनले सबैलाई विपद् व्यवस्थापन र पूर्वसूचनाको बारेमा सचेतना दिनुपर्ने बताइन् । विपद् पूर्वतयारी तथा पूर्वसूचना सवलीकरण परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत लक्ष्मी अवस्थीले स्थानीय सरकारलाई नीति निर्माणको लागि सहयोग गर्न सकिने बताइन् ।
यसैबीच जिल्लाका सरोकारवाला र स्थानीयतहका जनप्रतिनिधिसहितको सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन पूर्वसूचना प्रणाली स्थानीय योजनामा मुल प्रवाहीकरण सम्बन्धी तीनदिने तालिम घोराहीमा सम्पन्न गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटीले सञ्चालन गरेको उक्त कार्यक्रमअन्तर्गत सरोकारवालालाई तालिम सञ्चालन गरिएको कार्यक्रम जिल्ला संयोजक सन्तोष ढकालले जानकारी दिए ।
परियोजनाअन्तर्गत दाङका आठ स्थानीय पालिकाअन्तर्गत राप्ती र बबई नदी तटीय क्षेत्रका ९८ समुदायमा कार्यक्रम सञ्चालन गरिएको ढकालले बताए ।
परियोजनाका अधिकृत डम्बर सुनुवारले विपद्को सामना गर्न र कम क्षतिका लागि योजना निर्माण, क्षमता विकास, पूर्वसूचना प्रणाली स्थापना गर्ने सञ्चालन गर्नेजस्ता गतिविधिहरू सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दाङका सभापति नारायण आचार्य, कोषाध्यक्ष कुसल तर्ताल, घोराही शाखा सभापति थमन चौधरी, विपद् फोकल पर्सन शिवकुमार थापा, उरहरी शाखा उपसभापति लेखराज बस्नेतलगायतले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण सन्तोष ढकालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here