- Advertisement -spot_img
Friday, April 16, 2021
Homeसम्पादकीयविपद्मा सजक हौँ

विपद्मा सजक हौँ

- Advertisement -spot_img

मौसम फेरिएसँगै अहिले विपद्को समस्या पनि देखिन थालेको छ । गर्मीयाम सुरु भएसँगै नेपालले एउटा ठूलो विपद्को सामना गर्नु परेको छ । २ नम्बर प्रदेशअन्तर्गतको बारा र पर्सामा हावाहुरीले विपद् निम्त्याउँदा ठूलो धनजनको क्षति हुन पुगेको छ ।
राष्ट्रले नै त्यो क्षति सामना गर्नु परिरहेको छ । विपद्ले २७ जनाको ज्यान लिइसकेको छ । हजारौ नागरिक विपद्बाट प्रभावित भएका छन् । समयमा सबै सचेत नहुँदा र सम्भावनाको आँकलन गर्न नसक्दा अहिले विपद्को पीडा तराईले भोग्नुपर्ने अवस्था आयो ।
बारा र पर्सामा आँधीले पीडा दिइरहदा दाङलगायतका क्षेत्रमा भने आगलागी र हावाहुरीको सन्त्रास त्यतिकै अवस्थामा रहेको छ । दाङ आगलागीको उच्च जोखिममा पर्ने जिल्ला भएकाले कुनै न कुनै तरिकाले आगलागीको घटनाहरु दैनिकजसो सुनिने गरेका छन् ।
विपद् जुनकुनै अवस्थामा जसरी नी आउन सक्छ त्यसमा सबै सधै सजक रहनसके त्यसबाट सुरक्षित हुन सकिन्छ । तर नेपालमा विपद्को पूर्व तयारीभन्दा पनि विपद् आइ सकेपछि आत्तिने गरिन्छ । त्यसले पनि विपदले धेरै क्षति पु¥याउने गर्दछ ।
तसर्थ समयमा सजक भएर सबै प्रकारको विपद्को पूर्वतयारी गर्न सके सुरक्षित हुन सकिन्छ । बारा र पर्सामा भएको घटनाले राज्यप्रति पीडितहरु आक्रोसित भएको अवस्था देखिन्छ । समयमा उद्धार, राहत र ब्यवस्थापनको खाँचो हुँदाहुँदै पनि राज्यले त्यो खालको ब्यवस्थामा ध्यान नदिएको प्रति पीडितहरु आक्रोसित हुनु स्वभाविक नै छ ।
तर पीडितहरु राज्यप्रति आक्रोस हुनुभन्दा पहिले नै त्यस्ता विपद्प्रति चासो दिइ पूर्व तयारी गर्न सकेको भए यो अवस्था आउन पाउने थिएन । प्राकृतिक वा मानवीय प्रकोपमा उद्धार, आकस्मिक सहायता र पुनस्र्थापना तथा पुनर्निमाणका विभिन्न चरणमा राज्य चनाखो बन्नु पर्छ ।
वर्षामा बाढी पहिरो, हिउँदमा सितलहर त गर्मी समयमा हावाहुरी, आगलागीका विपद्हरु देखिन्छ । त्यस्तै गरेर भूकम्प जुनकुनै समयमा पनि आउन सक्छ । तसर्थ मौसमी विपद् र सदावहारको विपद्लाई ध्यानमा राखेर पूर्वतयारी गर्नु अनिवार्य छ ।
दाङका नेपाल रेडक्रसले विपद् प्रतिकार्यत्रका लागि केही नयाँ योजना ल्याएको देखिन्छ र स्थानीय सरकारसँगको सहकार्यमा अहिले स्थानीय तहमा सामुदायिक विपद् उद्धारकर्ताहरु निर्माण गरिएको छ । यो समय आगलागीको हो तर जिल्लामा आगो नियन्त्रणका लागि प्रयोग गरिने दमकलको समय अपर्याप्तता देखिन्छ ।
जिल्लाका सबै स्थानीय हुनुपर्ने दमकल तीनवटामा मात्रै छन् । ती पनि कहिले चल्ने कहिले नचल्ने अवस्थामा । त्यसकारण उपकारणहरुमा पनि सरकारले ध्यान दिन सके केही हदसम्म विपद्बाट आउने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here