- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयविपद्को जोखिम

विपद्को जोखिम

- Advertisement -spot_img

गर्मीयाम सुरु भएसँगै विभिन्न विपद्हरु सिर्जना हुन थालेको छ । नागरिकहरुले कुनै न कुनै विपद्को सामना गर्नुपर्ने अवस्था देखिएको छ । समय अनुसार आउने विभिन्न विपद्ले गर्मीसँगै आगलागीको विपद् बढिरहेको छ । दाङ जिल्ला आगलागीको उच्च जोखिम भएको जिल्ला हो ।
चैत महिना लागेसँगै दाङमा आगलागीले विपद् निम्त्याउन सुरु गरिसकेको छ । यो अवस्थाले सबै सजक हुनुपर्ने अवस्था आएको छ । सानो गल्तीले कहिले काहिँ विपद् आउँछ भने कति विपद् प्राकृतिक रुपमै आउने गर्दा सबैलाई पीडा थपेको हुन्छ ।
गर्मी मौसम शुुरु भएसँगै जिल्लामा आगलागीको जोखिम बढ्दै गएको देखिएको छ । आगलागीबाट हुुनसक्ने जोखिमलाई संयमता अपनाउन नसक्दा एकदिनमा दाङका विभिन्न ठाउँका सात स्थानमा समेत आगलागी भइसकेको छ । आगलागीकै कारण एकजनाले एकसाताको अवधि ज्यानसमेत गुमाउनु परेको छ ।
आगलागीको निश्चित समय, वर्ष र महिना दिन हुँदैन जुनकुनै बेला पनि आगलागीले विपद् निम्त्याउन सक्छ । यसमा हामी आफै सजक हुनुबाहेक अरु उपाय छैन । यसर्थ विपद आउन नदिन र यसबाट बच्न हामी आफै सक्रिय हुन सक्यौं भने सुरक्षित हुन्छौं ।
क्षतिबाट सबैलाई बचाउन सकिन्छ । जिल्लामा आउने विपद्को उचित ब्यवस्थापनका लागि केही निकायहरुले पूर्वतयारी गराउन थालेका छन् । समुदाय र सरोकारवालाहरुलाई एकैथलोमा राखेर पूर्वतयारीको बारेमा प्रशिक्षण हुन थालेको छ ।
समुदायस्तरमा विपद्को अवस्थामा सक्रिय हुनका लागि विपद उद्धारकर्ता उत्पादन भएका छन् । विपद्को जोखिमलाई न्यूनीकरण गर्न र विपद्पछि तत्काल समुदायमा सक्रिय भएर उद्धार गर्ने उद्देश्यले दाङका स्थानीय तहहरुमा विपद् उद्धारकर्ता उत्पादन गरिएको छ ।
नेपाल रेडक्रसको सत्रियतामा स्थानीय तहमा विपद् उद्धारकर्ता उत्पादन हुन थालेको छ । स्थानीयस्तरमा विपद् आउँदा तत्काल उद्धार गर्न, क्षति हुनबाट जोगाउन स्थानीय तहहरुमा सामुदायिक उद्धारकर्ताहरु उत्पादन गर्नु राम्रो हो ।
त्यस्ता उद्धारकर्ताहरु विपद्को अवस्था खटिने खालको पनि बनाउनुपर्छ । विपद् ब्यवस्थापन र विपद् पूर्व तयारीका लागि पहिलो साथी समुदाय हो । त्यसकारण पनि सामुदायिक उद्धारकर्ताको आवश्यक विपद्मा महŒवपूर्ण नै हुन्छ ।
दाङ विभिन्न विपद्को जोखिममा रहेको जिल्ला हो । बाढी, आगलागी, भुकम्प, पहिरो दाङका यो अवस्था विगतका वर्षहरुको तथ्यांकले पनि देखाइरहेको छ । यो अवस्था आउन नदिन र आए पनि कमभन्दा कम जोखिम बनाउन पूर्व तयारी अपरिहार्य छ ।
पूर्वतयारीका लागि ब्यक्ति, परिवार घर, समुदाय जिल्ला राष्ट्र सबै एक भएर लाग्न सक्नुपर्छ । विपद् आएपछि राहत र उद्धारको नारा दिनुभन्दा विपद् पूर्वतयारीको बारेमा जानकर हुनसके मात्रै आउने विपद्बाट जोखिन सकिन्छ र सुरक्षित हुन अवस्था आउँछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here