- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरविपद्को कृत्रिम घटना अभ्यास

विपद्को कृत्रिम घटना अभ्यास

- Advertisement -spot_img

तुलसीपुर, २९ फागुन । भविष्यमा आईपर्ने विपद्हरुबाट प्रभावित भएका व्यक्तिहरुलाई सुरक्षित बनाउने विषयमा कृत्रिम घटना अभ्यास तुलसीपुरमा सञ्चालन भईरहेको छ । कुनै पनि आपतकालिन अवस्थामा प्रभावित भएका घरपरिवारहरुको लेखाजोखा, पहिचान र कसरी राहत सामाग्री वितरण गर्ने ? भन्ने विषयमा तालिम सञ्चालन भएको हो ।
समुदाय उत्थान संस्थामा अभिवृद्धि (इन्कोर) कार्यक्रमको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङद्वारा सञ्चालन भएको उक्त तालिमको पाँचौ दिन मंगलबार आपतकालिन समयमा अस्थायी आवास निर्माण गरी कसरी बसोबासको व्यवस्था मिलाउन सकिन्छ ? भन्ने विषयमा प्रशिक्षण दिईएको थियो ।
उक्त अवसरमा नेपाल रेडक्रस सोसाईटी दाङ जिल्ला सभापति नारायण आचार्य, पदाधिकारी सदस्य हरिहर शर्मा, वडा नम्बर ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, वडा सदस्य सुरेश श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछालेलगायतले तालिमको अनुगमन तथा निरीक्षण गरेका थिए ।
यस्तै आईएओ अफिसर खिलानाथ दाहाल, कार्यक्रम अधिकृत जगत तामाङ, स्वयम्सेवक विनोद डाँगी, तालिम अफिसर विनायक पौडेल र स्वयंसेवक मोहन कुमार पाण्डेले प्रशिक्षण दिएका थिए । उक्त तालिममा विभिन्न विद्यालयका शिक्षक, नेपाल रेडक्रस सोसाईटी उपशाखाका स्वायम्सेवक, समुदायस्तरका स्वयम्सेवक तथा सामुदायिक कार्यक्रमका सहभागीहरु सहित २४ जना सहभागी रहेका छन् । तालिम २०७५ फागुन २४ गते देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here