Saturday, April 20, 2024
Homeमुख्य खबरविनयी समाजसेवी स्मृति ग्रन्थको विमोचन

विनयी समाजसेवी स्मृति ग्रन्थको विमोचन

- Advertisement -spot_img

घोराही, ६ असोज । विनयी समाजसेवी युवराज गौतमको वार्षिकीको अवसर पारेर विनयी समाजसेवी स्मृति ग्रन्थको विमोचन गरिएको छ । स्मृति ग्रन्थको एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।
विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले समाजसेवी युवराज गौतमले परिवार र समाजका लागि पु¥याएको योगदानका विषयमा चर्चा गरेका थिए ।
गौतम समाजमा एक प्रतिष्ठित व्यक्तिका रुपमा परिचित भएको वक्ताहरुले बताएका थिए । उनले गरेका काम समाजले कहिल्यै बिर्सन नसक्ने बताए । उनीहरुले गौतमले समाजमा भएका व्यक्तिप्रति समान धारणा र समान व्यवहार गर्ने व्यक्ति भएको प्रशंसा गर्दै उनले सिकाएको बाटोमा गाउँ समाज हिड्नसके उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।
विनयी समाजसेवी युवराज गौतमका जेठा छोरा डाक्टर अच्युत गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उनका ज्वाइहरु शिव कुमार रेग्मी, विनोद पोख्रेल र गोविन्द प्रसाद पोख्रेलले संयुक्तरुपमा स्मृति ग्रन्थको विमोचन गरेका थिए ।
उक्त पुस्तकका विषयमा साहित्यकार गुरुप्रसाद रेग्मीले टिप्पणी गरेका थिए । समाजसेवी धर्म बहादुर बैरागी र नदन अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
गौतमका काइला सुपुत्र कल्याण गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नातिनी बुहारी गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुलोचना गौतमले गरकी थिइन । पुस्तकमा परिवारका सदस्यलगायत उनलाई नजिकबाट चिन्ने व्यक्तिहरुका लेखहरु समाबेस गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here