- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरविधि मिच्दा विवाद

विधि मिच्दा विवाद

- Advertisement -spot_img

जनप्रतिनिधिहरु बीच विवाद बढेपछि तुलसीपुर उपमहानगरपालिकाका नियमित बस्दै आएको कार्यपालिका बैठक रोकिएको छ । फागुन २९ गते काँग्रेसबाट निर्वाचित नगरका बहुमत वडा अध्यक्षहरुले बैठक वहिस्कार गरेपछि कार्यपालिकाको बैठक बस्न सकेको छैन । कार्यपालिका बैठक बस्दा नगर प्रमुखले बेवास्ता गरेकै कारण आफूहरुले बैठक बहिस्कार गरेको वडा अध्यक्षहरुले बताउँदै आएका छन् भने नगरका सबैलाई समेटेर लगिएको कसैलाई पक्ष विपक्ष नगरिएको नगरप्रमुखको दाबी छ । नगरप्रमुख पाण्डेले मनोमानी ढङ्गले निर्णय गर्ने र पेलेर जाने प्रवृति भईरहेकाले यसको विरोधमा उत्रिएका काँग्रेसका वडा अध्यक्षको आरोप छ । अध्यक्षहरुले उपमहानगरले समस्याको समाधान नगर्दासम्म कुनैपनि कार्यक्रमहरुमा सहभागी नहुने अडान राख्दै आएका छन् । उपमहानगरभित्रको विवाद केही जनप्रतिनिधिहरु दुई मुख किन भए ? भन्ने विषयमा हामीले प्रदेश टुडेको नियमित स्तन्भ टुडे राउण्ड टेबलमा नगरका प्रवक्ता र बहिस्कारमा रहेको वडा अध्यक्षको धारणा लिने प्रयास गरेका छौं ।

बैठक बहिष्कार भएकै होइन

सूर्यबहादुर डाँगी
प्रवक्ता
तुलसीपुर उपमहानगरपालिका

बैठक बहिष्कार भएको होइन । उहाँहरुले जसरी बैठक बहिष्कार भयो भन्ने विषयलाई सामाजिक सञ्जालमार्फत प्रचार गर्नुभयो बास्तवमा त्यो होइन । हामीले बैठक बहिस्कार ग¥यौँ, हामी बैठकमा बस्दैनौ भनेर जानुभएको पनि होइन । न त त्यो हामीलाई नै थाहा भएको विषय हो । न त उहाँहरुले विरोध गरेर बैठक बहिष्कार गर्नुभएको हो ।
उपमहानगरपालिकाको कार्यपालिका बैठक भने सकेपछि त्यसमा विभिन्न बिषयवस्तु माथि छलफल तथा बहस गर्नुपर्ने हुन्छ । यसलाई सबैले मनन् गरेकै कुरा हो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बजेट ल्याउनुपर्ने छ । त्यसका लागि हामीसँग ठूला योजनाहरु छन् भने छलफल गरौँ । के–कस्ता योजनाहरु भयो ?
भने सरकार समक्ष बजेट माग्न सहज हुन्छ भनी नगरप्रमुखले गृहकार्यमार्फत योजना ल्याएर पास गरिएको हो । कुनै पनि योजना तथा बिषयवस्तु माथि निष्कर्ष निकाल्दा तथा छलफल गर्दा कार्यपालिका पदाधिकारीहरुलाई २४ घण्टा अगाडि जानकारी भई सकेको हुनुपर्ने व्यवस्था छ ।
चाहे त्यो फोनमार्फत होस्, चाहे त्यो ईमेल अथवा पत्रमार्फत । तर हामीले सबैलाई सहभागी गराउने उद्देश्यले कार्यपालिका बैठकमा सहकारी र तीनपाङ्ग्रे ठेलाका विषयमा कायर्यविधि बनाएर छलफल गरेका हौँ । तर छलफल भएका बिषयवस्तुलाई लिएर बैठक स्थगित गरेका हौँ भन्नु उहाँहरुको गलत भनाइ हो ।
फेरी बैठकका क्रममा हामीले राजनैतिक हिसाबले कोही कसैलाई होच्याएर बोलेका पनि छैनौँ । म एउटा प्रवक्ता भएको नाताले भन्नुपर्दा न त मैले कसैलाई केही भनेको छु । न त कुनै आरोप लगाएको छु ।
आफैविना सूचना बैठकबाट निस्किएर जाने अनि आफै आरोप लगाए भन्न त मिलेन नी ! हामीले त उहाँहरु आउनु हुन्छ भनी कुरेर बसिरहेका थियौँ । तर सामाजिक सञ्जालमा एक्कासी फोटोसहित बैठक बहिस्कार भयो भन्ने हल्ला आयो ।
त्यसरी हल्लाका आधारमा बैठक बहिस्कार भएको मानिदैन र भएको छैन पनि । त्यो उहाँहरुले स्वयम् मनन् गर्नुपर्ने कुरा हो । हल्लाको भरमा बैठक स्थगित भयो भन्दैमा बैठक स्थगित हुने होइन । बैठक भएकै हो । आगामी दिनमा पनि हुन्छ ।


स्वाभिमानमा आँच आउने व्यवहार भयो

टोप बहादुर केसी
वडा अध्यक्ष
वडा नं. ७
तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर नगरस्तरीय कार्यपालिकाको बैठकमा जुन व्यवहार गरिएको छ त्यसले हामीमाथिको स्वाभिमानीमा आँच ल्याउने काम गरेको छ । १९ वटा वडाको अभिभावकत्व ग्रहण गर्नुभएको नगरप्रमुखज्यूले पनि यसमा ध्यान दिन सक्नु भएन । यसमा वडा अध्यक्षहरु दुःखी छौँ । गत हप्ता मात्रै बसेको कार्यपालिकाको बैठकमा जुन एजेण्डाहरु माथि छलफल गरियो । त्यसमा हाम्रो विमति छाएको हो ।
सुरुमा ९ वटा एजेण्डाहरु माथि कार्यविधि बनाएर जाने भन्दै छलफल सुरु गरियो । त्यसपछि तीनवटा एजेण्डाहरु थपिएर १२ वटा बनाइयो । जसमा केन्द्रीय योजनाहरु समेत थिए । बीच–बीचबाट एजेण्डाहरु उठाउँदै छलफल गर्दै गर्ने गरियो । त्यसमा हामी सबै सहभागी नै थियौ ।
म वडा नम्बर ७ को वडा अध्यक्ष भएकै नाताले मैले तीनवटा एजेण्डाहरुमाथि विशेष छलफल गर्नुपर्ने योजना अनुसार कार्यपालिका बैठकमा गएको थिए । जसमा एउटा सहकारीको विषयमा थियो  । त्यस्तै अर्को तीन पाङ्ग्रे गाडी र अर्को छाडा पशु चौपायाको विषयमा छलफल गर्नुपर्ने प्रस्ताव राखियो । म आफै सहकारी संस्थाहरुको नगर संयोजकको रुपमा भए पनि मलाई यस विषयसँग सम्बन्धित कुनै एजेण्डाहरुको बारेमा जानकारी गराइएन  । न त कुनै सूचनाको बारेमा ।
यस्तै सहकारी शाखामा काम गर्ने अन्य कुनै साथीहरुलाई पनि यसको विषयमा सूचना पनि छैन । जानकारी पनि छैन । यस विषयमा अलिकति विवाद भयो । यस्तै तीन पाङ्ग्रे सवारी साधनका विषयमा भन्नुपर्दा यस विषमा कार्यविधि प्रस्ताव भएको थियो । वडा नम्बर ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको संयोजकत्वमा रुट तथा भाडा दर विषयमा मिटिङ बसिसकेको थियो । यस विषयमा बुँदाहरु मिलाउने, विभिन्न शब्द मिलाउने जिम्मा दिएर बैठक सकिएको थियो ।
मनोमानी ढङ्गले कार्यपालिकाको बैठकको स्वरुप नै परिर्वतन गरिएछ । कुनै पनि निर्णय गर्नुनै छ भने कार्यपालिका बैठकमा सहभागी गराएर सम्पूर्णको उपस्थितिमा पो निर्णय हुन्छ । मनोमानी ढङ्गले निर्णय गर्ने भए किन बैठक बस्नु प¥यो र ? अस्ति त्यस्तै भएको हो । एजेण्डा ल्याइन्छ । संयोजक आफै परिवर्तन भएका हुन्छन् । त्यसले हाम्रो मर्यादामा आँच पु¥याउने काम गरेन ? आफै बनाएको संयोजक हटाएर प्रमुख प्रशासकीय अधिकृतलाई संयोजक बनाउनुको उद्देश्य के ?
त्यसैले हामी हाम्रो स्वाभिमानमा आँच आउने काम गर्न दिदैनौँ र गर्दैनौँ । यतिसम्म भइसक्दा पनि नगरप्रमुखले यसको समाधान गरौँ आउनुस् भनेर अझै बोलाउनु भएको छैन । अब हामी कार्यपालिकाको बैठकमा मात्र होइन नगरस्तरीय कुनै पनि कार्यक्रममा सहभागी हुँदैनौ । हामी आफ्नो वडाको काम प्रभावकारी तरिकाले सम्पन्न गर्छौँ । तर नगरप्रमुखले बोलाएका कुनै पनि कार्यक्रम तथा छलफलमा सहभागी हुँदैनौँ ।

फेरी बैठकका क्रममा हामीले राजनैतिक हिसाबले कोही कसैलाई होच्याएर बोलेका पनि छैनौँ । म एउटा प्रवक्ता भएको नाताले भन्नुपर्दा न त मैले कसैलाई केही भनेको छु । न त कुनै आरोप लगाएको छु ।


मनोमानी ढङ्गले निर्णय गर्ने भए किन बैठक बस्नु प¥यो र ? अस्ति त्यस्तै भएको हो । एजेण्डा ल्याइन्छ । संयोजक आफै परिवर्तन भएका हुन्छन् । त्यसले हाम्रो मर्यादामा आँच पु¥याउने काम गरेन र ?


गलत प्रक्रिया अपनाउँदा बैठक बहिष्कार

घनश्याम ढकाल  

वडा अध्यक्ष 

वडा नं. ९

तुलसीपुर उपमहानगरपालिका

कार्यपालिकाको बैठक बहिष्कार गर्नु हाम्रो पनि मुख्य उद्देश्य होइन । बैठक बसी एजेण्डाहरु माथि छलफल गरी त्यसलाई पास गर्नका लागि नै हामी कार्यपालिका बैठकमा गएका थियौँ । तर बिमती भएपछि बैठक रद्ध भयो । सबैसँग मिलेर जानु हाम्रो पनि चाहना हो । तर मेयर सापले जुन प्रक्रियाद्वारा कार्यपालिकाको बैठक सम्पन्न गर्ने प्रयास गर्नुभयो । त्यसमा हामी सबैको बिमती हो ।
एजेण्डा लिनेदिने विषयमा सबैको मन मिल्नु अत्यावश्यक हुन्छ । तर ५३औँँ कार्यपालिका बैठकमा यस्तो भएन । त्यसैले बैठकमा हामी बस्न मानेनौँ । किनभने प्रकृया अपनाउँदा सही र गलत छुट्याउन सक्नुपर्दछ । कुनै पनि प्रस्ताव तथा योजनाहरु विषयगत समितिमा छलफल हुन्छ । त्यसपछि विधयेक समितिमा छलफल हुन्छ । जब विधयेक समितिले पास गर्छ अनि मात्र कार्यपालिका बैठकले छलफल गरेर पास गर्ने हो ।
तर अस्ति जुन बैठक बहिस्कार भयो त्यसमा मेयर सापले हामी जनप्रतिनिधिहरुसँगको छलफलभन्दा आफ्नै मनोमानी तरिकाले कार्यपालिका बैठक सम्पन्न गर्ने प्रयास गर्नुभयो । त्यसमा हामी सबैले बैठक बहिस्कार गरेकै हो । यो अवस्था धेरै पहिले पनि एकपटक आएको थियो । त्यो बैठक पनि यस्तै कारणले  बहिस्कार भएको हो । यसरी दुईपटक कार्यपालिका बैठक बहिस्कार हुनु भनेको लाजमर्दो कुरा हो । यस पटकको कार्यपालिका बैठक बहिस्कार भएको पनि हप्ता दिन बितिसक्यो । तर यस विषयमा नगरप्रमुखबाट केही प्रतिक्रिया आएको छैन । भन्ने हो भने अहिलेसम्म दुई पटक छलफल भईसक्नु पर्ने हो ।
वास्ता नदिएको हो या अन्य कारणले हो मेयर सापले यस विषयमा चासो ल्याएको देखिदैन । पटक–पटक बिमती हुँदै जाने हामी बैठक बहिष्कार गर्दै जाने राम्रो हुँदैन । यसका लागि मुख्य जिम्मेवार व्यक्तिले समाधान गर्नेतर्फ लाग्नु पर्दछ । खोई आजसम्म एकपटक पनि सोधपुछ गर्ने काम गर्नुभएको छैन । नाम एउटालाई काम एउटालाई गर्ने गरेपछि बैठकको के औचित्य रह्यो र ?

नीति मिचेर बैठक

थलराज पुरी
वडा अध्यक्ष
वडा नं. १७
तुलसीपुर उपमहानगरपालिका

जुन कार्यपालिकाको बैठक रोकियो । त्यो एकलौटीपनकै कारणले रोकिएको हो । किनभने आदरणीय नगरप्रमुख घनश्याम पाण्डेले बैठक बसाली सकेपछि सबैको मनोभावना समेटिने हिसाबले अगाडि बढ्नुपर्ने हो । तर उहाँले त्यस्तो गर्नुभएन । बैठकमा सहकारीको कार्यविधिले नै सबै अध्यक्षहरु बाहिरिएका हुन् । किनभने सहकारीको संयोजकको रुपमा वडा नम्बर ७ का वडा अध्यक्षलाई पहिले नै छनोट गरिसकिएको थियो । तर पहिलै ने छनोट गरिसकेको संयोजकलाई बेवास्ता गरी थाहा नै नदिएर अन्य व्यक्तिलाई सहकारीको संयोजक तोकिएको भएर हामी सबै बैठकबाट निस्किएका हौँ ।
कुनै पनि बैठक नीतिनियम र मर्यादाभित्र रहेर बसिन्छ । के अर्को संयोजक बनाउन आवश्यक थियो र ? भएको भए कार्यपालिकाकै बैठकमा सबैको सहमति अनुसार छलफल गरेर अगाडि बढ्नुपर्ने तर त्यो हुन सकेन । त्यसकारण बैठक छोडेर हामी निस्किएका हौँ । यो भन्दा पहिले पनि एकपटक यस्तै भएको थियो । विविध घटनाक्रमले गर्दा कार्यपालिका बैठक रद्द हुनु नराम्रो हो । यसलाई नगरप्रमुखज्यूले राम्रोसँग सोच्नु पर्ने हो । यति भएर पनि अहिलेसम्म कुनै प्रतिक्रियासमेत आएको छैन ।
न त बुझ्न खोज्ने, न त बुझाउन खोज्ने भएको देखिएको छ । यसको समाधानका लागि जबसम्म नगरप्रमुखज्यूले बोलाउनु हुन्न तबसम्म कार्यपालिका बैठकमा जाँदैनौ । यस्तै स–साना त्रुटीहरु हुँदै गए भने भोलि कार्यपालिकका बैठकको अस्तित्व नै धरापमा रहने देखिन्छ । त्यसैले सबै जिम्मेवार व्यक्तिहरु सचेत रहनुपर्दछ ।

जनप्रतिनिधिलाई बेवास्ता

डम्बर बहादुर न्यौपाने
वडा अध्यक्ष
वडा नं. १३
तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर उपमहानगरपालिकाले समय–समयमा जनप्रतिनिधिहरुलाई बेवास्ता गर्दै आएको छ । गत हप्ता नगरप्रमुखसँगको कार्यपालिका बैठक बहिस्कार हुनुको मुख्य कारण पनि यही नै हो । उपमहानगरपालिकाले कार्यपालिकामा प्रस्तुत गर्ने एजेण्डामाथि गरिने छलफल र निष्कर्ष सबैको सहमतिमा हुनुपर्दछ । तर यहाँ त्यस्तो भएन । एउटा सहकारीको कार्यविधि बनाउने भनेर छलफल त गरियो तर जनप्रतिनिधीहरुलाई पन्छ्याएर ।
एउटा उपमहानगरपालिकाको अभिभावकजस्तो मान्छेले जनप्रतिनिधिहरुलाई बेवास्ता गर्नु कत्तिको उचित हो ? त्यो सबैले मूल्याङ्कन गर्न जरुरी छ । कार्यविधि र कार्ययोजनामा छलफल गराउने । तर सम्पूर्ण अधिकार प्रशासकीय अधिकृतलाई दिने ? यस्तो त हामीलाई मान्य हुँदैन । किनभने नगरप्रमुख, उपप्रमुख र हामी सबै निर्वाचित भएर आएका जनप्रतिनिधि हौँ । सरकारले निर्वाचन गराएर जनप्रतिनिधिको रुपमा पठाईसकेपछि उनीहरुको पनि अधिकार त केही हुन्छ होला नि स्थानीय तहहरुसँग ? तर नगरप्रमुखले अस्तिको कार्यपालिकाको बैठकमा कर्मचारीलाई पूर्ण अधिकार दिनु एकदमै गलत हो ।
त्यसैले हामीले ५३औँ कार्यपालिका बैठक बहिस्कार गरेका हौँ । एउटा जिम्मेवार व्यक्ति भईसकेपछि त्यससँग सम्बन्धित हरेक पक्षलाई मिलाएर लैजानु उहाँको दायित्व हो । तर उहाँले आफूले बनाएका कर्मचारीलाई सम्बन्धित एजेण्डाको जिम्मेवारी किन दिने ? होइन भने कार्यपालिका बैठकमा हामीलाई नबोलाएर एकलौटी तरिकाले अधिकारी प्रदान गरेको भएपनि त हुन्थ्यो । मेयर सापले जुन गलत निर्णयद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई बेवास्ता गर्नुभयो । त्यस विषयमा हाम्रो आपत्ति हो ।
हामीले उपमहानगरको मातहतमा रहेर जनताका लागि काम गर्ने हो । त्यसका लागी उहाँले सबैलाई समान तरिकाले काम र अधिकार बाँडबाँड गर्नुपर्ने हो । तर कसैलाई थाहा नदिई निर्णय र निष्कर्ष आफै गर्ने भए किन बैठक बस्नु प¥यो ? सबै काम नगरपालिकाका कर्मचारीहरुले गर्ने भए । जनप्रतिनिधि भएर किन काम गर्नुप¥यो ? यसर्थ हामी बैठकमा बसेका होइनौँ ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here