- Advertisement -spot_img
Monday, April 19, 2021
Homeफिचरविद्रोह

विद्रोह

- Advertisement -spot_img

दीपा धिताल

म हिजो मेरा साख्खै बाआमासँग बिद्रोह गरेर मेरै अस्तित्वको खोजीमा निस्किएकी हुँ । म जन्मिएकै मेरो घरको मुल ढोकाबाट । मेरा बा मात्र यत्ति भन्नुहुन्थ्यो ‘नानी धेरै मूर्ख नबन्नु ।’ मेरी आमा मात्र यत्ति भन्नुहुन्थ्यो ‘छोरी भएपिछ छोरी जस्तै भएर बाँच्नु ।’ न म हिजो मेरा बाले भनेजस्तै मूर्ख नबन्न सके, न म हिजो मेरी आमाले भने झै छोरीजस्तै भएर बाँच्न जाने ।
किनकि यो समाजमा छोरी भएरै जन्मिएकी मेरी आमाले झै मैले खोक्रो संस्कारको मुखुण्डो ओढेर दुःखका र लाचारीका कथालाई वीरताको कथा जसरी सुनाउन चाहन्न थिए । म मेरी आमाजस्ती सहनशील हुन सकिन । म मेरी भाउजूजस्ती संस्कारिक हुन सकिन । म मेरी दिदीजस्तै लक्षण की पनि हुन सकिन । मलाई मजस्तै बन्नु थियो ।
तर छोरी मान्छेलाई सधैँ लक्षण र अलक्षणा शब्दहरू भिराइदिने मेरो आफ्नै घर र यो समाजले छोरा मान्छेलाई कहिल्यै लक्षण र अलक्षण भन्न किन सकेन ? छोरी, बुहारीहरूलाई सधैं संस्कारिक र कुसंस्कारिक भन्ने मेरो समाजले छोराहरूलाई कहिल्यै संस्कार र कुसंस्कार किन भन्न सकेन ? मैले हिजो एकजना दिदीबाट सुनेको उहाँको छोराले भाडा माझ्दै हुनुहुँदोरहेछ ।
उहाँको एकजना आफन्तले देख्नुभएछ र भन्नुभएछ छोरा मान्छेलाई भाँडा माझ्न लगाउँदा उनीहरूको आयु घट्छ किन यसो गर्न लगाएको ? त्यसपछि दिदीले भन्नुभएछ ‘छोरी मान्छेले गर्ने काम छोरा मान्छेले गर्दैमा आयु बढ्ने र घट्ने हुँदैन ।’ मान्छेको आयु कति छ त्यो त जन्मदै हस्ताक्षर गरेर आइसकेका छौँ हामी । यही काम हामी छोरी बुहारीले सधैँ गर्दै आएका छौं । के हाम्रो आयु घटेको छ र ? तपाईंले पिएचडी के को लागि गर्नुभएको ?
एक्काइसौं शताब्दीमा आएर पनि छोराछोरीमा विभेद गर्नको लागि ? आजको युगमा आइसक्दा पनि तपाईं उहीँ हिजो हाम्री आमा र बज्यैहरू हिडेको बाटो हिड्न चाहनुहुन्छ ? उही संस्कारको घुम्टो ओढ्न चाहनुहुन्छ ? हो तपाईंहरूजस्ता आमाहरूले गर्दा नै हो आजसम्म यो विभेद कायम नै रहेको ।

मैले मेरै केही साथीहरूलाई देखेको छु उनीहरूलाई संस्कारको घुम्टो ओढेर हिड्ने चाहना नहुँदा नहुँदै पनि घरमा के भन्लान् ? आफन्तले के सोच्लान ? समाजले के भन्ला ? भन्ने त्रासले बाहिर देखिन चाहदैनन् । एक्काइसौं शताब्दीमा आएर पनि छोरी भएरै गर्भमा नै मारिन बाध्य बनाउने यो समाजमा एकदिन छोरी मान्छे भएर जन्मिन गर्व लाग्ने देश बनाउनु छ ।


बरू तपाईंजस्ता आमाहरू अब यस्तो कुविचार त्यागी दिनुहोस् र आजको युगमा फर्किनुहोस् । त्यसपछि उनले ती दिदीलाई कति ठूला कुरा गर्ने, संस्कारै नभएकी भन्दै कुसंस्कार, कुविचार, विवेकहीन घमण्ड बोकेर बटारीदै हिडिछन् ।
पितृसत्तात्मक सत्ताले अझै पनि जरा गाडेको मेरो समाज र आफूलाई उच्च स्थानमा राख्न चाहने मेरा आमा र दिदीबहिनीहरूको यो सोच र बिचार कहिलेसम्म कायम रहला म सोचिरहन्छु । समाजमा संस्कार नपाएर हुर्केका मान्छे मात्र छैनन् । बुझेका मान्छे पनि छन् ।
तर तिनीहरूको यस्तो संस्कार देख्दा दया लागेर आउँछ मलाई । हाम्रो समाजमा महिला, पुरूषमाथि भेदभाव पुरूषहरूले मात्र कहाँ गरेका छन् र त्यस्ता पुरूषहरू पनि छन् जसले महिलावाद बोकेर हिडेका छन् । त्यस्ता महिलाहरू पनि छन् जसले पुरूषवाद बोकेर हिडेका छन् । अनि त उनीहरूले नै पुरूषहरूलाई मात्र सबै दोष थुपारे हिड्छ्न् ।
म सानै हुँदा बाट हो मेरी आमाले मेरो दाइ–भाइलाई कहिल्यै पनि घरको काम गर्नुपर्छ भन्नुभएन । मलाई नै सिकाउनुभयो नानी छोरी भएपछि सबै काम सिक्नुपर्छ । भाडा माझ्न, बत्ती कात्न, टपरी गाँस्न अनि पराइ घरमा गएपछि सजिलो हुन्छ रे ! त्यसपछि मैले सोध्थे आमालाई यो काम दाइ–भाइहरूले किन सिक्नुहुँदैन आमा ? आमा भन्नुहुन्थ्यो यो काम छोरीहरूले गर्ने काम हो त्यही भएर ।
मेरी आमाको कुरा सुन्दा म आफै नै जिल्ल पर्थे । मेरो बाल मस्तिष्कमा मेरी आमाले नै गरेको छोराछोरीको विभेदको रङ मेरो निधारमा टाँसी नै रहन्थ्यो । सायद त्यो बेला मेरी आमाले यो काम छोराछोरी सबैले गर्नुपर्छ भनेको भए मैले झन उत्साहका साथ गर्थे होला । मेरो घरमा मात्र कहाँ हो र ? गाउँघर र समाजमा छोरीहरूलाई यस्ता तालिमहरू दिने मेरी आमाजस्ता हजारौं आमाहरू त्यतिबेला झन कति थिए होलान् ?
यी यस्तै कुराहरूले गर्दा हो अन्धकारमा बस्न चाहने मेरी आमाका आँखामा उज्यालो छर्केर हिड्न मन लागेको मलाई । कुनै न कुनै बेला मैले मेरा बाआमाले गरेका छोराछोरीका विभेदका कुराहरूको छिट्टै नै प्रतिवाद गरिरहदा बाआमाको गाली कति खाइन्थ्यो कति ? त्यसको त कुनै लेखाजोखा नै गरिन मैले । जब अलि झन बुझ्दै गएँ मेरा बा–आमालाई नि बुझाउँदै गए ।
त्यसपछि घामको बिस्कुन आँगनीमा खस्ने बेला हो सायद मेरो बाआमाले मलाई स्वतन्त्र छोडिदिए र कहिल्यै पनि हामी दाजुभाइ दिदीबहिनीहरूलाई विभेद गर्नुभएन । म घरबाट निस्कदा कहाँ जान्छेस् ? किन जान्छेस ? जस्ता प्रश्नहरू तेर्साउन र साँझ समयमा घर फर्कनु भन्ने मेरी आमाले पछि विस्तारै भन्न छोड्नुभयो ।
मेरो विश्वास, मेरो अठोटले नै म अरू साथीहरू झैँ अनुमतीको हस्ताक्षर गरेर मात्र बाहिर निस्कनु परेन त्यो बेला मलाई । सधैं संस्कारकै घुम्टो ओढेर बस्ने होइन मलाई त बाहिरी संसार देख्नु थियो । आमा र बज्यैहरूको इतिहास बुझ्नु थियो अनि सिङ्गो देश पढ्नु थियो ।
बाआमासँग नै विद्रोह गरेर बाहिर ननिस्केको भए सायद आज मजस्ता हजारौं महिला दिदीबहिनीहरू महिलाअधिकार र महिला स्वतन्त्रताको आवाज उठाउनको लागि यो समाजको अनुमतिपत्र लिनुपथ्र्यो या डरको बर्को ओढी नै रहनुपथ्र्याे ।
मैले मेरै केही साथीहरूलाई देखेको छु उनीहरूलाई संस्कारको घुम्टो ओढेर हिड्ने चाहना नहुँदा नहुँदै पनि घरमा के भन्लान् ? आफन्तले के सोच्लान ? समाजले के भन्ला ? भन्ने त्रासले बाहिर देखिन चाहदैनन् । एक्काइसौं शताब्दीमा आएर पनि छोरी भएरै गर्भमा नै मारिन बाध्य बनाउने यो समाजमा एकदिन छोरी मान्छे भएर जन्मिन गर्व लाग्ने देश बनाउनु छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here