तुलसीपुर, २१ भदौ । तुलसीपुर–सुर्खेत सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेनामा विद्युत प्राधिकरणले विद्युत पोल सडकको किनारैमा गाड्न थालेको भन्दै स्थानीयले विद्युत प्राधिकरण तुलसीपुर शाखाको ध्यानाकर्षण गराएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बस्ने स्थानीय गोकर्ण वलीले बुधवार विद्युत प्राधिकरण शाखा तुलसीपुरमा निवेदन दिदै यो विषयमा ध्यानाकर्षण गराएका छन् । तुलसीपुर–सुर्खेत सडकखण्ड अन्तर्गत दुधेना कृष्ण मन्दिर क्षेत्रमा हाल विद्युत पोल गाड्ने काम भैराखेको र पोलहरु सडकको दायाँ बायाँ बाहिरी भागमा नगाडेर सडक किनारैमा गाड्ने काम भैरहेकोले भविष्यमा पुनः पोल सार्नुपर्ने अवस्था आउनसक्ने हुँदा राज्यको दोहोरो क्षति तथा थप लगानी नहुनको लागि तत्काल समयमै प्राधिकरणले सडकको दायाँ बायाँ सीमाको बाहिरी भागमा पोलहरु गाड्ने व्यवस्था मिलाउनुपर्ने भन्दै विद्युत प्राधिकरणलाई जानकारी स्वरुप निवेदन पेश गरेको स्थानीय गोकर्ण वलीले बताए ।
