- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरविद्यालय सरफाई र स्वच्छतामा चासो

विद्यालय सरफाई र स्वच्छतामा चासो

- Advertisement -spot_img

तुलसीपुर, २१ पुस । यहाँका केही सामुदायिक विद्यालयहरुले विद्यालय सरसफाई तथा स्वच्छता र स्वास्थ्यलाई चासो दिन थालेको छन् । शैक्षिक गुणस्तरमा अब्बल रहेका केही विद्यालयहरुले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरेर विद्यालयमै प्राथमिक स्वास्थ्य कर्नर, स्वच्छ तथा प्रशोधित खानेपानी स्थापना गर्नुको साथै विद्यालयको सरसफाईसमेत बढाएका छन् । विद्यालयका स्थापना भएका जुनियर रेडक्रस सर्कलको सहभागिता तथा विद्यालय शिक्षक र प्रशासनको अनुगवाईमा विद्यालयहरुमा स्वच्छतासँगै स्वाथ्य कर्नरको स्थापना गरिको छ । स्वास्थ्य कर्नरमा प्राथमिक उपचार, छात्राहरुको महिनावारी ब्यवस्थापनका लागि स्नेटरी प्याड, रेष्टरुमको ब्यवस्था गरिएको छ । त्यस्तै विद्यालयको बाहिरी तथा भित्री प्राङ्गणको सरसफाई विद्यालयमा क्यारी र गार्डेन निर्माण भएको समेत पाइएको छ । सिइएचपीको सहभागितामा सञ्चालन भएको वास कार्यक्रमको सेवा क्षेत्र रहेको तुलसीपुर उपमहानगरपालिका १३ मा रहेको अम्बिकेश्वरी मावि तुइखोला, तुलसीपुर उपमहानगरपालिका–११ मा रहेको अमर मावि उरहरी र द्रगीकरण गाउँपालिका ६ मा रहेको मावि श्रीगाउँमा यस्तो अवस्था देखिएको हो ।
विद्यालयहरुमा पछिल्लो समय खानेपानी, सरसफाई र स्वास्थ्यलाई ध्यान दिएर त्यहि अनुसार ब्यवस्थापन गरिएको अम्बिकेश्वरी माविका प्रधानाध्यापक नुमानन्द रेग्मीले बताए । उनले दाताहरुको सहयोग र विद्यालयको आन्तरिक ब्यवस्थापनले खानेपानी, स्वास्थ्य र सरसफाईको वार्षिक कार्ययोजना नै बनाएर अघि बढेको बताए । उनले विद्यालयमा स्वास्थ्य कर्नरको स्थापना गरिएको, प्रशोधित खानेपानीको ब्यवस्था गरिएको बताए । अमर मावि उरहरीले विद्यालयमा छुट्टै स्वास्थ्य कर्नर स्थापना गरी विद्यार्थीहरुको असहज अवस्थालाई प्रारम्भीक स्वास्थ्य सेवा दिइरहेको शिक्षक नारायण भण्डारीले बताए । उनले जुरेसको कार्यालयनै स्थापना गरी अझ प्रभावकारी बनाइएको बताए । त्यस्तै गरेर श्रीगाउँ माविमा पनि स्वास्थ्य र सरसफाईमा बढी चासो दिइएको पाइएको छ । उनले विद्यालयमा पानीको प्रशस्तता रहेको समेत बताए । यसैबीच नेपाल रेडक्रस सोसाईटी दाङमा सञ्चालन भएको वास कार्यक्रमले सेवा क्षेत्रका विद्यालयमा अनुगमन गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here