Tuesday, March 26, 2024
Homeमुख्य खबरविद्यालय कर्मचारीबीच फुटबल हुने

विद्यालय कर्मचारीबीच फुटबल हुने

- Advertisement -spot_img

दाङ, २७ मंसिर । नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति दाङले फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । कर्मचारीका बीचमा पालिकास्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको जिल्ला समितिका अध्यक्ष गोविन्द घर्तीले जानकारी दिएका छन् । प्रतियोगिताको २८ गते घोराहीको भरतपुर खेल मैदानमा उद्घाटन गरिनेछ ।
जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका बीचमा परिचय कायम गरी हरेक पालिकामा समितिलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । यसका साथै जिल्लामा कर्मचारीका हितका लागि कोषको स्थापना गरिने अध्यक्ष घर्तीले जानकारी दिए ।
कोषको रकमबाट कर्मचारीको क्षमता अभिवृद्धिलगायत कर्मचारीको हितको निम्ति खर्च गरिने छ । यसका लागि जिल्लाका माध्यमिक विद्यालयबाट आर्थिक सहयोग उठाउन थालिएको छ । हरेक विद्यालयले स्वच्छिक रूपमा ५ हजार देखि १५ हजार रूपैयाँसम्म आर्थिक सहयोग गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here