घोराही, २९ मंसिर । नेपाल विद्यालय कर्मचारी परिषद् दाङको आयोजनामा फुटबल प्रतियोगिता सुरू भएको छ । विद्यालय कर्मचारी परिषद्को आयोजनामा घोराहीमा प्रतियोगिता सुरू भएको हो ।
परिषद् दाङका अध्यक्ष गोविन्द घर्तीको अध्यक्षता तथा प्रदेश सांसद अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रतियोगितामा ६ वटा पालिकाको फुटबल समुह सहभागी भएका छन् ।
उद्घाटन खेलमा घोराही विजयी भएको छ । घोराहीले बबईलाई ३–१ गोल अन्तरले विजयी भएको छ । घोराहीका तर्फबाट देवेन्द्रसिंह ठकुरी एक्लैले ३ गोल गरे भने बबईका तर्फबाट टोपेन्द्र थापाले सान्त्वना १ गोल गरेका थिए ।
उपाध्यक्ष माधव पराजुलीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव केशबबहादुर केसीले गरेका थिए ।