विद्यालय अनुगमन

मुख्य खबर समाज

घोराही, २७ बैशाख
घोराही उप–महानगरपालिकाभित्रका सामुदायिक तथा सस्थागत विद्यालयहरुको बिहीबारदेखि अनुगमन सुरु गरिएको छ । कार्यदलले विद्यार्थी संगठनसँग गरेको सम्झौता अनुसार कार्यदलले विद्यालयहरुको अनुगमन गर्न सुरु गरेको हो ।

विद्यार्थी संगठनहरुले सामुदायिक तथा संस्थागत विद्यालयहरुले शुल्क, सञ्चालनमा मनपरी गरेको भन्दै तालाबन्दी गरेपछि कार्यदलले आठबुँदे सहमति गरेको थियो । सोही अनुसार अनुगमन कार्यलाई अगाडि बढाइएको जनाइएको छ ।


एक हप्तासम्म विद्यालयको अनुगमन पश्चात् कार्यदलको बैठक बसी आवश्यक निर्णय गरी काम गर्ने घोराही उप–महानगरपालिकाका प्रवक्ता एवं कार्यदल समितिका संयोजक भरत अर्यालले जानकारी दिए । बिहीबार आठवटा संस्थागत र तीनवटा सामुदायिक विद्यालयको अनुगमन गरिएको अर्यालले जानकारी दिए ।
विद्यार्थी संगठनहरुले सामुदायिक तथा संस्थागत विद्यालयहरुले शुल्क, सञ्चालनमा मनपरी गरेको भन्दै तालाबन्दी गरेपछि कार्यदलले आठबुँदे सहमति गरेको थियो । सोही अनुसार अनुगमन कार्यलाई अगाडि बढाइएको जनाइएको छ । साथै अनुगमनका क्रममा विद्यालय प्रशासनलाई सस्थागत विद्यालय निर्देशिका २०७२ ऐन र घोराही उपमहानगरपालिकाको कार्यदलको निर्देशन अनुसार सञ्चालन गर्न निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा संयोजक भरत अर्याल, घोराही उपमहानगरपालिका शिक्षा शाखा प्रमुख नारायण पौडेल, प्याब्सन दाङका अध्यक्ष यादव गिरी, विद्यार्थी नेताहरु सुरेश जिसी, टोपबहादुर बुढाथोकी, सन्तोष पोखरेलको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *