- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसमाजविद्यालयसँग नेशनल प्रोग्रामको सम्झौता

विद्यालयसँग नेशनल प्रोग्रामको सम्झौता

- Advertisement -spot_img

देउखुरी, ६ चैत । नेशनल प्रोग्राम सेन्टर दाङले जिल्लाका विभिन्न तीन स्थानका विद्यालयहरुमा सञ्चालन भएको अभिभावक शिक्षा कार्यक्रममा सहयोग पु¥याउने शिक्षक, जिल्लाका सम्पूर्ण सञ्चारकर्मीहरु,अभिभावक विद्यार्थी तथा प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्ने सम्पूर्ण सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ । नेशनल प्रोग्राम सेन्टरका सञ्चार संयोजक लिला शाहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएकी हुन् ।
आजका मितिसम्म जिल्लाका गोरखा मोर्डन सेकेन्डरी स्कुल लमही, गोरखा पब्लिक सेकेन्डरी स्कुल घोराही, र गोरखा सेकेन्डरी स्कुल तुलसीपुर गरी तीनवटा विद्यालयसँगको सम्झौता अनुसार पहिलो चरणको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमअन्तर्गत शिक्षक विद्यार्थी र अभिभावकबीचको त्रिकोणात्मक सम्बन्ध सुमधुर बनाई शिक्षण सिकाइ प्रक्रियालाई बाल मनोविज्ञानमा केन्द्रित गर्दे मानसिक स्वास्थ्यसहितको शिक्षा प्रदान गर्न सहकार्य गरेका गोर्खा गु्रपद्वारा सञ्चालित जिल्लाका तीन विद्यालयसँगको सहकार्य अनबरत रहने छ ।
साथै सहकार्य गर्न ईच्छुक जिल्लाका अन्य विद्यालयहरुसँग पनि नेशनल प्रोग्राम सेन्टरले सहकार्यका लागि हार्दिक स्वागत गर्दछ, विज्ञप्तिमा भनिएको छ । तर सम्झौता नभएका केही विद्यालयहरुले पनि नेशनल प्रोग्राम सेन्टरसँग सम्झौता भएको भन्ने कुरा बाहिर आएको हुँदा उनीहरुको सहकार्यतालाई स्वागत गर्दै हाल उल्लखित तीनवटा विद्यालयसँग मात्र सम्झौता भएको विज्ञप्तिमा जनाईएको छ । सेन्टरले नेपालका तीन सय बढी विद्यालयहरुसँग सहकार्य गरी अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here