विद्यालयमा सुधारको अभ्यास

सम्पादकीय

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर भएको बहस चलिरहेका बेला केही सामुदायिक विद्यालयहरुले गुणस्तर सुधारका लागि नयाँ प्रयास र अभ्यास सुरु गरेका छन् । विद्यालयको शिक्षालाई गुणस्तरीय तया प्रतिस्पर्धी बनाउने गरी गतिविधिहरु समेत सञ्चालन गर्न थाल्नुले सामुदायिक विद्यालय सुधारको अभ्यास र प्रयास भएको देखाउँछ । नीतिगत रुपमा होस् ब्यवहारिक रुपमा केही सामुदायिक विद्यालयहरु सुधारको प्रयासमा देखिन्छन् । यस्ता केही विद्यालयहरु शैक्षिक गुणस्तरको लागि नमुमा विद्यालयको रुपमा पनि स्थापित भइसकेका छन् । विद्यालयको शैक्षिक गुणस्तरलाई बढाउन र अभिभावकको विश्वास जित्न सामुदायिक विद्यालयहरुले नयाँ प्रविधिका साथै सुधारका नीति अंगालिरहेका छन् । त्यस्तै मध्यको एक हो । ग्रामीण क्षेत्रमा रहेर सामुदायिक विद्यालयमा अब्वल देखिएको गढवाको जनता माध्यमिक विद्यालय । जसले सामुदायिक विद्यालय चाहेमा छोटो समयमा पनि सुधार गर्न सकिन्छ भन्ने देखाएको छ ।
जिल्लाका केही सामुदायिक विद्यालय प्रविधिमैत्री पनि बन्दै गएका छन् । कतिले प्राविधिक शिक्षाको नाममा आफूलाई अब्वल बनाउने योजनामा छन् । भने कति पहिलेदेखि कै राम्रो विद्यालयको रुपमा चिनाइसकेका छन् । विद्यालयमा सिसी क्यामरा, ई–हाजिरी, ई–लाइब्रेरी, पढाइमा प्रविधि प्रयोग, शिक्षक विद्यार्थीका नियमितता र अध्यापन र अध्ययनको पृथक शैलीको समेत प्रयोग भइरहेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरुको सिकाइ उपलब्धि अहिले पनि कमजोर देखिएको छ । गणित, अंग्रेजी र विज्ञान विषयको विद्यार्थीको सिकाइ उपलब्धि कमजोर रहदा सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत तथा माध्यमिक कक्षामा अध्ययनरत प्रायः विद्यार्थीहरुको सिकाइ उपलब्धि र गुणस्तर ५० प्रतिसतको सेरोफेरो मात्रै छ । गुणस्तर कमजोर भएको तथ्यांकहरु सार्वजनिक भइरहेका बेला सिकाइ उपलब्धि र गुणस्तर सुधार गर्न गढवा माविले गरेको प्रयास उदाहरणनीय छ । सीमित स्रोत साधनको आधारमा भएको प्रयासले शहर केन्द्रित विद्यालयहरुलाई समेत सिकाइ हुने देखिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाइ उपलब्धि कमजोर देखिएको अवस्थामा सामुदायिक विद्यालयले गरेका केही राम्रा प्रयासहरु सह्रानीय छन् । नीतिगत रुपमा विद्यालयमा सुधारको आधार बन्न सकेमा नेतृत्वका पात्रहरु फेरिदासमेत विद्यालयले गति लिइ रहने छ । नीतिगत भन्दा ब्यक्तिको नीतिले विद्यालयलाई सुधारमा लैजान खोजे नयाँ नेतृत्व हुँदा त्यसको प्रभावकारिता देखिदैन । अन्त्यमा प्रयास असफलका रुपमा रहन सक्छ । सामुदायिक विद्यालय सुधारको प्रयासमा लागेका विद्यालय र विद्यालय प्रशासकहरुले यसलाई निरन्तता दिन सकून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *