- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरविद्यालयमा शौचालय र खानेपानी

विद्यालयमा शौचालय र खानेपानी

- Advertisement -spot_img

सल्यान, २४ साउन । विभिन्न समस्या झेल्दै आएको सल्यान सिनवाङको भवानी माध्यमिक विद्यालयमा वास शौचालय तथा खानेपानीको ब्यवस्था भएको छ ।
कपुरकोट गाउँपालिकाको दुर्गम मानिने सिनवाङको छायाँनाथस्थित उक्त विद्यालयमा स्थानीय सरकारले विकासको अनुभूति दिलाएको स्थानीयले बताएका छन् ।
‘खानेपानीको निकै समस्या थियो, त्यो पनि गाउँपालिकाले हल गरिदिएको छ’ भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दल बहादुर खड्काले भने, ‘अहिले गाउँपालिकाकै सहयोगमा वाससहितको शौचालय निर्माण भएको छ ।’
उनका अनुसार यसअघि विद्यालयमा रहेका सामान्यखालका जीर्ण शौचालयमा लाइन लागेर दिसा, पिसाव गर्नुपर्दा विद्यार्थीले सास्ती ब्यहोर्नुपर्ने अवस्था थियो । कपुरकोट गाउँपालिकाको ७ लाख रुपैयाँ सहयोगमा दुईकोठाको वास शौचालय निर्माण भएको हो ।
गाउँपालिकाका इन्जिनियर भूपेन्द्र एरीले दुई÷दुईकोठा भनिए पनि त्यसभित्र छात्रा र छात्रको लागि छुट्टा–छुट्टै दुई÷दुईवटा ट्वाइलेट सिट र कोठा रहेको बताए ।
उनले शौलालय बालबालिकामैत्री र सरसफाईसँग जोडिएको बताए । यहि स्टिमेटको शौचालय कपुरकोट–५ को जीवनज्योती माध्यमिक विद्यालयमा पनि निर्माण गरिएको इन्जिनियर एरीले जानकारी दिए ।
४ सय ६३ विद्यार्थी संख्या रहेको भवानी माध्यमिक विद्यालयमा शौचालय निर्माण पनि धेरै सहज भएको प्रअ खड्काले बताए । गाउँपालिकाले सिनवाङको छायाँनाथ बस्ती र विद्यालयलाई मध्येनजर गरेर ८ किलोमिटर टाढाबाट खानेपानी पनि ल्याइदिएको छ ।
स्थानीय पूर्ण सिंह बोहराले वर्षाैँदेखिको खानेपानी समस्या र विद्यालयका समस्या हट्दै गएको भन्दै खुसी ब्यक्त गरे । उनले भने ‘निकै टाढाबाट गाउँपालिकाले बस्तीसम्म खानेपानी ल्याइदियो, स्कुलमा पनि खानेपानीको निकै समस्या थियो, त्यो पनि हल भयो । स्थानीय सरकार गाउँमा आएपछि परिवर्तनको महसुस भएको छ ।’
यसैबीच कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, सडकलगायतका समस्या समाधानमा आफूहरु अग्रसर रहेको बताए । विद्यालयहरुमा विभिन्नखालका समस्याहरु अहिले पनि रहेको भन्दै उनले भवानी माविमा अझै भवनको समस्या रहेको र यसवर्ष उक्त समस्यालाई सम्बोधन गर्ने प्रयासमा आफू रहेको जनाए ।
यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर योजनाहरु छनौट गरिएको भन्दै समृद्ध गाउँपालिका बनाउने अभियानमा आफूहरु रहेको बताइन् ।
योजना तथा कार्यक्रम अनुगमन समितिका संयोजकसमेत रहेकी उनले कुनै पनि योजना दिगो, गुणस्तरीय बनाउनुपर्नेमा जोड दिदै निगरानीको पाटोलाई प्रभावकारी बनाइएको दाबी गरिन् । निर्माण भइसकेका योजनाको रेखदेख र मर्मत सम्भारमा स्वयम् उपभोक्ता सक्रिय बन्नुपर्नेमा बुढा मगरको जोड छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here