- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरविद्यालयमा भौतिक पूर्वाधार अभाव

विद्यालयमा भौतिक पूर्वाधार अभाव

- Advertisement -spot_img

सल्यान, ४मंसिर । कपुरकोट गाउँपालिकाभित्रका विद्यालयमा भौतिक पूर्वाधारको अभाव देखिएको छ । भवन, शौचालय, फिल्ड, तारवारलगायतका पूर्वाधार निर्माण हुन नसक्दा पठनपाठनमा समस्या देखिएको छ ।
सोमबार कपुरकोट गाउँपालिका वडा नम्बर ६ का तीन विद्यालयमा पुगेका गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले विद्यालयहरु समस्याका बीचबाट सञ्चालन भइरहेको देखिएको जनाए । शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीसँग अनुगमन, निरीक्षण तथा अन्तरक्रियाका लागि विद्यालयहरुमा पुगेका अध्यक्ष सेनले आफ्नो ध्यान अझ बढी शिक्षा क्षेत्रको सुधारमा केन्द्रित भएको बताए ।
उनले शिक्षकहरुलाइ नियमित विद्यालय पुगेर प्रभावकारी ढंगले शिक्षण गर्न निर्देशन दिदै अभिभावकहरुलाइ पनि आफ्ना बालबालिकाको पढाइप्रति चासो राख्न आग्रह गरे । उनले भने, ‘विद्यालयमा विभिन्न समस्या छन्, हामी क्रमशः ती समस्या समाधान गर्दै जान्छौँ । तपाई शिक्षकहरुले इमान्दारपूर्वक आफ्नो कर्तव्य पूरा गर्नुस् ।’ नियमित विद्यालय नआउने शिक्षकलाई कारवाही गरिने जनाउँदै अध्यक्ष सेनले विद्यालय छाड्ने विद्यार्थी कहाँ गए भनेर खोजी गर्न विद्यालयलाई आग्रह गरे ।
शिक्षा क्षेत्रमा लापरवाही भयो भने विद्यार्थीको भविष्य चौपट हुने र समाज सधै पछाडि पर्ने भएकाले गम्भीर बन्न आवश्यक रहेकोमा उनले जोड दिए । कपुरकोट–६ सिनवाङमा रहेको सिद्ध आधारभूत विद्यालय ढाँर, भवानी मावि छायाँनाथ र सरस्वती आधारभूत विद्यालय रातामाटामा पुगेका सेनले विद्यालय नजिकमा मदिरा पसल सञ्चालन गर्न, जुवा, तास, क्यारेम बोर्ड खेल्न प्रतिवन्ध लगाउन विद्यालय व्यवस्थापन समिति र वडा अध्यक्षलाई निर्देशनसमेत दिए । उक्त अवसरमा विद्यालयले विभिन्न मागहरु अध्यक्ष सेन समक्ष राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here