विद्यालयको भवन उद्घाटन

मुख्य खबर समाज

सल्यान, १३ भदौ । सल्यानमा बिहीवार एक विद्यालयको भवन उद्घाटन गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण भएको उक्त विद्यालयको दुईकोठे भवन र फिल्डको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं ५ लेखपोखरमा रहेको मेहन्द्र माध्यमिक विद्यालयको दुईकोठे भवन तथा फिल्डको उद्घाटन गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको करीव १५ लाखके लागतमा उक्त भवन र फिल्ड निर्माण गरिएको थियो ।
कार्यक्रममा भवनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व सामान्य प्रशासनमन्त्रीसमेत रहेका सांसद् बस्नेतले अव जिल्लाको मुहार फेर्ने जिम्मेवारी सबैमा आएको बताए ।
एक व्यक्तिले मात्र नभई सबैले मिलेर जिल्लाको विकास गर्नुपर्ने उनले बताए । जिल्लामा भित्रिएको बजेटलाई सहि तरिकाले सदुपयोग गर्दै शैक्षिक क्षेत्रलाई थप बलियो बनाउनुपर्ने उनको भनाई छ ।
यदि शैक्षिक क्षेत्र विग्रियो अथवा कमजोर भयो भने समाज र सिंगो देश नै बर्बाद हुने जनाउँदै सांसद् बस्नेतले अभिभावक, शिक्षकलगायत सरोकारवालाहरु यसतर्फ गम्भीर बन्नुपर्ने बताएका हुन् । कार्यक्रम विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि लगायत विभिन्न व्यक्तिहरुको सहभागितामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *