विद्यालयको कार्यसम्पादन परीक्षणको जानकारी

मुख्य खबर समाज

घोराही, ३० असार । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सामुदायिक विद्यालयमा गरेको सामुदायिक माध्यमिक विद्यालयको कार्यसम्पादन परीक्षण तथा विद्यार्थीको सिकाइ उपलब्धिको परीक्षाको नतिजाका बारेमा दाङमा छलफल गरेको छ ।
सामुदायिक विद्यालयहरुको वास्तविक अवस्थाको जानकारी लिने र शैक्षिक गुणस्तरको मूल्याङ्कनका लागि आर्थिक वर्ष ०७४÷७५ को समष्टीगत प्रतिवेदनको बारेमा दाङका शिक्षा सरोकारवालाहरुलाई जानकारी गराइएको हो ।
शिक्षा समन्वय तथा विकास इकाई दाङका इकाई प्रमुख रामलाल खड्काको अध्यक्षतामा सोमबार घोराहीमा गरिएको कार्यक्रममा विद्यालयको कार्यसम्पादन, विद्यार्थीको शैक्षिक उपलब्धि र बाल विकास केन्द्रको शैक्षिक उपलब्धि र अवस्थाका बारेमा तयार गरेको प्रतिवेदनको बारेमा जानकारी गराइएको थियो ।
शैक्षिक गुणस्तर केन्द्रको आयोजनामा भएको कार्यक्रममा समष्टिगत प्रतिवेदनको बारेमा केन्द्रका निर्देशक उत्तर कुमार पराजुलीले जानकारी गराएका थिए ।
कार्यक्रममा परिक्षण गरिएका विद्यालयहरुको अवस्था सामान्य खालको देखिएको बताए । उनले परिक्षण गरिएका २५ सय ९१ विद्यालयमा १६४४ विद्यालयको अवस्था सामान्य रहेको देखाइएको छ ।
त्यसैगरेर ३०५ विद्यालय मध्यम, १७ विद्यालयल कमजोर र एक उत्तम विद्यालय रहेको बताए । पराजुलीले कञ्चनपुरको भानु मावि विद्यालयले उत्तम अंक पाउनेमा रहेको छ ।
विद्यालयको समग्र अवस्था र विद्यार्थीको शैक्षिक उपलब्धि सम्बन्धीको सूचकमा परीक्षण गरिएको भन्दै निर्देशक पराजुलीले यो परीक्षणले शैक्षिक उपलब्धि बढाउन र आफ्नो कमजोरी पत्ता लगाउन र सुधारमा मद्दत पुग्ने बताए ।
केन्द्रका शाखा अधिकृत शशी पोख्रेलको सहजीकरणमा भएको कार्यक्रममा स्तानीय तहका प्रमुख उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जिल्लाका पेशागत शिक्षक संगठनका अध्यक्ष, स्थानीय तहका शिक्षा शाखा प्रमुखहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *