Friday, March 29, 2024
Homeफिचरविद्यालयका प्रधानाध्यापक र लेखापाललाई तालिम

विद्यालयका प्रधानाध्यापक र लेखापाललाई तालिम

- Advertisement -spot_img

लमही, ६ फागुन ।
नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा लेखा सम्बन्धी काम गर्ने शिक्षक एवं कर्मचारीहरुका लागि तीनदिने विद्यालय लेखा ब्यवस्थापन तालिम सोमबारदेखि लमहीमा शुरु भएको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयलाई आर्थिक, प्रशासन आधारभूत तालिमको आवश्यकता भएकोले यो तालिमको आयोजना गरेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । धेरैजसो विद्यालयमा लेखासम्बन्धी काम अव्यवस्थित भएको भन्दै अब यो तालिम पश्चात् सबै विद्यालयमा लेखासम्बन्धी काम ब्यवस्थित हुने नगरका प्राविधिक सहायक बासुदेव खनालले बताए । त्यसैगरी विद्यालयलाई चुस्तदुरुस्त बनाउनु हाम्रो उद्देश्य भएको स्रोतब्यक्ति उपेन्द्र चालिसेले बताए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख देवका बेल्वासेले विद्यालयको हिसाब किताबमा ब्यवस्थित बनाउन आग्रह गरेकी छन् ।
त्यस्तैगरी नगर प्रमुख कुल बहादुर केसीले भौतिक पूर्वाधारले मात्र विद्यालयको सुधार नहुने भन्दै आर्थिक र शैक्षिक पारदर्शी भएमात्र विद्यालय सुधार हुने बताए । सबैको संयुक्त प्रयासमा शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताए । सोमबारदेखि शुरु भएको तालिम ८ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रम नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यमा भएको थियो । उक्त तालिममा नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र लेखापालको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, लेखा अधिकृत अर्चना कुमारी खङ, इन्जिनियर विजयदेव चौधरी, पुष्पराज अधिकारी, हरिराम रावत, बासुदेव खनाल र उपेन्द्र चालिसे रहेका छन् । स्रोतब्यक्ति उपेन्द्र चालिसेको स्वागत र विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्राविधिक सहायक बासुदेव खनालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here