विद्यार्थी तान्ने होड

फिचर मुख्य खबर

नयाँ शैक्षिक सत्रमा नयाँ भर्ना …
तुलसीपुर, ३० चैत्र । नयाँ शैक्षिक सत्र सुरु भएसँगै अहिले विद्यार्थी तानातान हुन थालेको छ । आफ्ना विद्यालयका बालबालिका भिÏयाउन विद्यालय सञ्चालक, शिक्षकहरु विभिन्न योजना लिएर अभिभावकसम्म पुग्ने गरेका छन् ।
पूर्णरुपमा विद्यालयको नतिजा सार्वजनिक नहुँदै विद्यार्थी तानातान हुन थालेपछि अभिभावकहरुसमेत तनावमा देखिन थालेका छन् । सामुदायिक विद्यालयभन्दा निजी विद्यालयमा यो अवस्था देखिएको छ ।
निजी विद्यालयहरुले विद्यार्थीको भर्नालाई लिएर एकआपसमा तछाडमछाड गरिरहदा विद्यार्थी तानातानमा पर्ने गरेका छन् भने अभिभावक अन्यौलमा परेका छन् ।
नयाँ शैक्षिक वर्ष सुरु भएलगत्तै विद्यालयको विज्ञापन पर्चा बोकेर घर–घरमा पुग्ने, विभिन्न आश्वासन दिने र विद्यार्थी माग्ने जस्ता क्रियाकलापहरु अहिले दैनिकजसो छ अभिभावक लोकेन्द्र चौधरीले भने ।
परीक्षाको नतिजा प्रकाशित नहुँदै घर–घरमा विद्यार्थी माग्दै हिड्ने गतिविधिले आफूहरुलाई यता न उता बनाएको अभिभावक भूमा महतराले बताईन् ।
छोराछोरी पढाउनु पर्छ भन्ने रहर, चाहना र उत्सुकतामा समेत विद्यालयको तानातानले दिक्क बनाएको उनी बताउँछिन । विभिन्न तरिकाले विद्यालयमा भर्नाका लागि अभिभावकहरु फकाउने तथा भर्ना गर्न बाध्य बनाउने प्रवृत्तिले शिक्षाको नाममा व्यापार फिजाएको महसुस हने गरेको महतराले बताइन् ।
बिहान ९ बजेदेखि नै विद्यालयका शिक्षक तथा कर्मचारीहरु विभिन्न सेवा सुविधा प्रदान गर्छौ भन्दै विद्यार्थी भर्नाका लागि अनुरोध गर्दै घरको दैलोसम्म आउने गरेको तुलसीपुर–७ निवासी बेलमती भुसालले बताइन् ।
घरमा पढ्ने सानो नाति छ, त्यसैका लागि प्रत्येक दिन थरिथरीका स्कुलहरु लौ हाम्रो स्कुलमा भर्ना गर्नुप¥यो भन्दै आउँछन्, उनले भनिन्– एउटै नातिलाई कतिवटा स्कुलमा पढ्न पठाउनु । विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउनतर्फ ध्यान नदिई घरदैलो भर्ना कार्यक्रमले विद्यार्थी जम्मा गर्ने काम राम्रो भएको भुसालको भनाई छ ।
विद्यालयहरु शैक्षिक गुणस्तरताको आधारमा विद्यार्थी र अभिभावकको नजरमा पर्न नसक्ने तर शैक्षिक वर्ष सुरु नहँुदै विद्यार्थी माग्नु एकदमै गलत भएको अभिभावक लक्ष्मण नेपालीको भनाइ छ ।
राम्रो पढाइ हुने विद्यालयहरु यसरी घर–घरमा धाएका छैनन् उनले भने– जुन विद्यालयमा विद्यार्थी कम छन त्यस्ता विद्यालयहरु अनेक सेवा सुविधा देखाउँदै विद्यार्थी भर्ना गरिदिन अनुरोध गर्दै हिड्छन । यसले गर्दा विद्यालय र विद्यार्थीको भविष्य उज्ज्वल हुने विषय अभिभावकहरुको चिन्ताको विषय बनेको उनको भनाइ छ ।

पूर्णरुपमा विद्यालयको नतिजा सार्वजनिक नहुँदै विद्यार्थी तानातान हुन थालेपछि अभिभावकहरुसमेत तनावमा देखिन थालेका छन् । सामुदायिक विद्यालयभन्दा निजी विद्यालयमा यो अवस्था देखिएको छ ।

विद्यार्थीहरुको शैक्षिक अवस्था के कस्तो छ ? परिवारमा पढ्ने वातावरण कस्तो छ ? अभिभावकहरु विद्यार्थीको पढाइप्रति कति संवेदनशील छन भन्ने विषयमा कुनै पनि शिक्षक तथा कर्मचारीहरु घरमा सोधपुछ गर्न नआएको उनीहरु बताउँछन् ।
विद्यार्थी भर्नाको विषयमा मात्र संस्थाहरुले ध्यान दिने तर विद्यार्थीको पारिवारीक शैक्षिक अवस्थाको विषयमा गम्भीर नदेख्दा शैक्षिक व्यापार बढिरहेको अभिभावक नेपालीको भनाइ छ ।
शिक्षामा पर्याप्त लगानी र गुणस्तरीयताका आधारमा मात्र अभिभावकले आफ्ना सन्तानहरुलाई विद्यालयमा भर्ना गरिदिनसमेत उनले सबैलाई अनुरोध गरे ।
शिक्षक र विद्यालयको नजरमा अभिभावक नभई अभिभावक र विद्यार्थीको नजरमा विद्यालय र शिक्षक पर्नुपर्ने समेत अन्य अभिभावकहरुको भनाइ छ ।
भर्नालाई अभियानका रुपमा लैजानुभन्दा गुणस्तरीय शिक्षाका लागि अभिभावकसँगको सहकार्यलाई अभियानका रुपमा लैजाने हो भने विद्यार्थी माग्दै हिड्न नपर्ने उनीहरुको भनाइ छ । शिक्षा सरोकारवालाहरुले भने शिक्षामा भर्नाको नाममा विकृति ल्याएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *