- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरविद्यार्थीसँग प्रथम राष्ट्रपति

विद्यार्थीसँग प्रथम राष्ट्रपति

- Advertisement -spot_img

सधैं कक्षाकोठामा शैक्षिक क्रियाकलापमा व्यस्त रहने छात्रछात्राहरु पुस २६ गते बिहीबार भने मनमा छुट्टै उत्साह र उमंगका साथमा हातमा पुष्पगुच्छा अनि राष्ट्रिय झण्डा बोकेर उभिएका थिए । शुरुमा पञ्चकन्याहरु त्यसपछि विद्यालयको पोशाकमा पंक्तिवद्ध भएर उभिएका थिए छात्रछात्राहरु । त्यसमा चारजना शिक्षा शिक्षकशिक्षिकाहरु पनि राष्ट्रिय पोशाक मै लाइनमा उभिनुभएको थियो । पुस महिनाको मधुर घाममा तुलसीपुर एयरपोर्टको प्राङ्गणमा सबै तैयार थिए । अवसर मिलेको थियो गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको स्वागतमा । एयरपोर्टमा स्वागतार्थ केही पत्रकार, स्थानीयरस्तरका नेता तथा प्रदेश र संघका दुईजना सांसद । निर्धारित समयभन्दा आधा घण्टा ढिलो अवतरण गरेको नेपाल एयरलाइन्सको उडानमार्फत प्रथम राष्ट्रपति रामवरण यादव तुलसीपुरको एयरपोर्टमा अवतरण गर्नुभयो । पंक्तिवद्ध रुपमा लाइनमा उभिएका छात्रछात्रा अनि तिनैमध्येको पञ्चकन्याले शुरुमा स्वागत अभिनन्दन गरेपछि राष्ट्रपति केही समय पत्रकार सम्मेलनमा सहभागी हुनुभयो ।
१० मिनेटको पत्रकार भेटघाटपछि राष्ट्रपति विद्यार्थी भाइबहिनीहरुका साथमा रहनुभयो । विद्यार्थीहरुले केही अनुभव राष्ट्रपतिबाट ज्ञानगुणका कुरा सुन्नुका साथै सामूहिक तस्बिर लिने प्रस्ताव राष्ट्रपति सामू राखे । मुसुमुसु हाँस्दै राष्ट्रपतिले आफू विद्यार्थीका माझमा रहदा बाल्यकालको सम्झना भएको स्मरण गराउँदै अनुशासित र मेहनती भएर अध्ययन गर्न सुझाव दिए । देशको मायालाई नभुल्न र स्वदेशमै रम्न, रमाउन आग्रह गरे । आज राम्रोसँग पढेर भोलि आफूजस्तै ठूलो मान्छे बन्न गरेको आग्रह सबैले चनाखो भएर सुनिरहेका थिए । आफूपनि तिमीहरुजस्तै सामान्य किसानको छोरो खेती किसानी गरेर राष्ट्रको उच्च ओहोदामा पुगेको स्मरण सुनाउँदै यादवले सबैलाई अनुशासन र कर्तव्य नभुल्न आग्रह गरेका थिए । सबैलाई पंक्तिवद्ध भएर फोटो खिचाउन लाग्दा यादवले मिलेर लाइन लगाउन आग्रह गरेका थिए । आफू बीचमा उभिएर अनि सानो कद भएकालाई सबभन्दा अगाडिबाट लगाए । त्यसपछि अरुलाई उभिन लगाएर फोटो सेसन गरेका थिए । अन्तिममा सबैलाई धन्यवाद दिएका थिए । जुनियर रेडक्रस सर्कल हिमाल एकाडेमीका अध्यक्ष आर्जु शर्माले राष्ट्रपतिसँगको यो भेटलाई एउटा अविस्मरणीय क्षण रहेको बताइन् । कुनै दिन किताबमा पढेका आफ्ना अभिभावकलाई आफ्नो अगाडि भेट्दा र भलाकुसारी गर्दा आफू खुशी भएको बताइन् । जनताको छोरो जनताको अभिमतबाट उच्च स्थानमा पुगेको व्यक्तिको अनुभव आफूहरुलाई मार्गदर्शन भएको छात्रा शर्माको भनाइ थियो । इको क्लव हिमालका सचिव अनिझ आचार्यको भनाइमा राष्ट्रपतिसँगको भेटबाट आफूमा देशप्रतिको श्रद्धा अझ बढेको बताउँदै लगनशीलता, मिहिनेत, परिश्रम र अनुशासित भएर अघि बढेमा लक्ष्य प्राप्तीको बाटो कठीन नभएको आचार्यको भनाइ थियो ।
घोराहीको एउटा संस्थागत विद्यालयको कार्यक्रममा सरिक हुन दाङ आउन लागेको पूर्व राष्ट्रपतिको खबर प्राप्त गरेपछि यी छात्रछात्रा स्वागतार्थ र केही कुरा राख्न, बुझ्न त्यहाँ पुगेका थिए । कक्षा १० मा अध्ययनरत छात्रछात्रा स्वविवेकले त्यहाँ गएका थिए । आफ्ना अभिभावकको स्वागतमा जाँदा पुष्पगुच्छा र औपचारिकता मात्रै ननिभाएर उनीहरुले धेरै कुरा जान्न र सिक्न पाए । विद्यार्थी केवल कक्षाकोठाको चार दिवार भित्र कैद भएर मात्र ज्ञान प्राप्त सम्भव छैन । औपचारिक तवरले पनि उनीहरुले फरक–फरक तरिकाबाट पनि ज्ञान हासिल गर्न सक्छन् । केही सिक्छन भनेर उनीहरुको प्रस्तावलाई स्वीकार गरी कार्यक्रममा सरिक बनाएको विद्यालयका सहायक प्रधानाध्यापक मुकेश कुमार ए ले बताउनुभयो ।
हरेक महिना फरक–फरक स्थान, फरक–फरक व्यक्ति, समूहसँगको भेटघाट, परियोजना कार्य, सामुदायिक कार्य तथा प्रतिवेदन लेखन कार्यमा सहभागी बनाउँदै उनीहरुको अन्तर्निहित प्रतिमालाई प्रस्फूटित गराउने तथा शारीरिक, मानसिक, संवेदनात्मक र साँस्कृतिक भावनाको विकास गराई चरित्रवान नागरिक बनाउने उद्देश्य रहेको विद्यालयकी माध्यमिक विद्यालय संयोजक राधा पोख्रेलको भनाइ रहेको छ । यसै स्वरुप विद्यालयका छात्रछात्रा रक्तदान, सरसफाई, ¥याली, विभिन्न सामाजिक कार्यमा सञ्चालन हुँदै आइरहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here