विद्यार्थीलाई सोलार टुकी वितरण

मुख्य खबर समाज

तुलसीपुर, २४ भदौ । ३९औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस शान्तिनगर गाउँपालिकामा विविध कार्यक्रम गरी मनाईएको छ । गाउँपालिकाले शिक्षा दिवसको अवसर पारी गाउँपालिकाभित्र रहेका पहाडि क्षेत्रका चारवटा विद्यालयमा अध्ययन गर्ने १ सय ९० विद्यार्थीहरुलाई सोलार टुकी वितरण गरेको छ । गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा आयोजनामा गरिएको कार्यक्रममा बोल्दै डाँगीले गाउँपालिकाभित्र बिजुली बत्ती नपुगेका पहाडि बस्तीका विद्यार्थीहरुलाई उनीहरुको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले सोलार टुकी वितरण गरेको र यसले उनीहरुमा पढाइमा मद्दत पु¥याउने बताए । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले यस्ता कार्यक्रमले विद्यार्थीहरुको सिकाइमा सहयोग पुग्नुका साथै पढ्ने बानीमा समेत मद्दत पुग्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख घनश्याम वलीले शिक्षा क्षेत्रमा विभिन्न समस्या रहेको र आउँदा दिनमा त्यस्ता समस्याहरु समाधान गर्न गाउँपालिका लाग्ने बताए । शिक्षा दिवसको अवसरमा गाउँपालिकाले हाजिरीजवाफ प्रतियोगिताको समेत आयोजना गरेको थियो । प्रतियोगितामा वीपी माध्यमिक विद्यालय प्रथम, मोर्डन ज्ञानकुञ्ज वोर्डिङ स्कुल द्वितीय, लोकप्रिय विद्यामन्दिर रगैचा तृतीय भएका थिए । विजयी विद्यालयहरुलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार पुरस्कारसमेत प्रदान गरिएको थियो । दिवसकै अवसर पारी गाउँपालिकाले तीनवटा विद्यालयहरुलाई उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृतसमेत गरेको छ । यसरी पुरस्कृत हुने विद्यालयहरुमा बुद्ध माध्यमिक विद्यालय शान्तिपुर, बालकल्याण अधारभूत विद्यालय पेदा र जनता आधारभूत विद्यालय भलानेटीलाई उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृतसमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *