विद्यार्थीलाई शैक्षिक सामाग्री

फिचर मुख्य खबर समाज

घोराही, २५ असार । घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले विभिन्न विद्यालयका हिंसाको जोखिममा परेका र विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । वडाभित्र रहेका चार सामुदायिक र तीन निजी विद्यालयका ५६ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
आधारभूत विद्यालय सुनपुरका २१, मावि गोग्लीका १५, आधारभूत विद्यालय सवारीकोटका ८, प्रावि पालुथानका ३, सगमाथा इङ्लिस बोर्डिङ स्कुल, डिभाईन इङ्लिस बोर्डिङ स्कुल र अरनिको स्कुलका तीन÷तीन जना गरी ५६ जना छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
वडा अध्यक्ष भिमबहादुर सार्कीको अध्यक्षतामा कार्यक्रम गरी उनीहरुलाई झोला, कापी र कलम प्रदान गरिएको छ । विपन्न, गरिव, जेहेन्दार र हिंसाको जोखिममा परेका बालबालिकाको शिक्षालाई राम्रो बनाउन वडाले शैक्षिक सामाग्रीहरु दिएको अध्यक्ष सार्कीले बताए ।
भोलिका कर्णधार बालबालिकालाई कुनै पनि बहानामा शिक्षाबाट बञ्चित हुन नदिने भन्दै उनले आज गरिने शैक्षिक लगानीले भोलि देशले राम्रो जनशक्ति पाउने उल्लेख गरे
। कार्यक्रममा वडा सचिव केशवराज थापाले नियमित विद्यालय आउने र पढ्ने बानीको विकास गर्नेसँगै अभिभावकलाई जिम्मेवार बनाउन वडाले सहयोग गरेको बताए । वडा सदस्य भिमबहादुर कुँवरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सामाजिक परिचालक हेमराज पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *