- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरविद्यार्थीलाई पोशाक

विद्यार्थीलाई पोशाक

- Advertisement -spot_img

सल्यान, १४ भदौ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ मा रहेको त्रिभुवन जनता मावि भोटेचौर सल्यानले बुधबार सुस्तश्रवण विद्यार्थी हरुलाइ पोशाक वितरण गरेको छ । शारदा नगरपालिका–१ अवस्थित एलिशा बस्त्रालयका सञ्चालक युवा ब्यवसायी खिम केसीले विद्यालयलाई प्रदान गरेको १५ थान पोशाक वितरण गरिएको हो । कान नसुन्ने (सुस्त श्रवण) भएका १५ जना बिद्यार्थीलाई उक्त पोशाक वितरण गरिएको हो । पोशाक वितरण कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले एलिशा बस्त्रालय परिवारलाई धन्यबाद व्यक्त गरेका थिए । पोशाक वितरण कार्यक्रममा छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष चुडामणि दसौती, गाउँ शिक्षा शाखाका प्रमुख दल बहादुर राना, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here