विद्यार्थीलाई न्यानो कपडा

फिचर मुख्य खबर समाज

तुलसीपुर, १९ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी मेनका केसी र छोरा लक्ष्मण केसीले स्वर्गीय बुवा ईन्द्रबहादुर केसीको स्मृतिमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका छन् । बालकल्याण प्रावि डाँडापातुमा स्थापना गरेको इन्द्रबहादुर केसी स्मृति अक्षयकोषबाट त्यहाँ अध्ययन गर्ने छात्राछात्र ६० जनालाई न्यानो कपडा वितरण गरेका हुन् । त्यसैगरी अमर–भूमा स्मृति अक्षयकोषबाट पनि विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । पूर्व माननीय देवबहादुर केसी, समाजसेवी डिल्लीबहादुर केसी र छोरी यमकुमारी केसीले स्थापना गरेको अमर–भूमा स्मृति अक्षयकोषबाट न्यानो कपडा वितरण गरिएको हो । उक्त विद्यालयमा इन्द्रबहादुर केसी स्मृति अक्षयकोष ५१ हजार र अमर–भूमा स्मृति एक लाख ५० हजारको अक्षयकोष स्थापना गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल चौधरीको अध्यक्षता तथा वडा नम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजसेवी तथा अक्षयकोष स्थापनाकर्ता पूर्व माननीय देवबहादुर केसी, डिल्लीबहादुर केसी, मेनका केसी, अक्षयकोषका संरक्षक लक्ष्मण केसी, प्रधानाध्यापक नन्दराज शर्मा, पत्रकार सन्तोष केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक हुमबहादुर केसीले गरेका थिए । केसी परिवारले विद्यालयमा स्थापना गरेको अक्षयकोषबाट प्रत्येक बर्ष विद्यालयमा अध्यनरत छात्र छात्राहरूलाई विभिन्न सामाग्रीहरू वितरण गर्दै आएको छ ।

जेष्ठ नागरिकलाई सिरक

यसैबीच घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले वडाका अतिविपन्न जेष्ठ नागरिकहरूलाई न्यानो कपडा प्रदान गरेको छ । वडा कार्यालयले चालु आर्थिक वर्षको ५० हजार रूपैयाँको कार्यक्रमअन्तर्गत वडाका ३२ जना विपन्न जेष्ठ नागरिकहरूलाई न्यानो कपडा प्रदान गरेको हो । जेष्ठ नागरिक सम्मान तथा विपन्न परिवारका जेष्ठ नागरिकहरूलाई सिरक र म्याट प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता तथा प्रदेससभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारको विशिष्ट आतिथ्यतामा जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
६० बर्षदेखि ८५ बर्ष उमेरसम्मका जेष्ठ नागरिकहरूलाई न्यानो कपडा प्रदान गरिएको छ । चिसो मौसममा वडाले आफूहरूलाई सम्मान स्वरूप न्यानो कपडा दिएको प्रति जेष्ठ नागरिकहरूले खुशी व्यक्त गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि सांसद डाँगीले स्थानीय सरकारले गरेको उक्त कार्यले जेष्ठ नागरिकहरूको सम्मान बढेको बताए । कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्ती, १८ का अध्यक्ष भरतमणि अर्याल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य धनपती शर्मा लगायतले वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रमले सन्देश राम्रो दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *