- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरविद्यार्थीलाई न्यानो कपडा सहयोग

विद्यार्थीलाई न्यानो कपडा सहयोग

- Advertisement -spot_img

तुलसीपुर, ५ पुस । पशुपति प्राथमिक विद्यालय तुलसीपुर–१० राइखलियानका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरिएको छ । मानव अनुग्रह संस्था दाङ र समाजसेवी टोपबहादुर महतराले विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका हुन् । विद्यालयका ४५ जना विद्यार्थीहरुलाई जाडोमा स्वीटर प्रदान गरिएको महतराले बताए । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी बुधबार विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । पुसको महिनामा सामान्य कपडा लगाएर आएका विद्यार्थीहरुलाई ऊनको स्वीटर दिएपछि विद्यार्थीहरु खुशी हुँदै प्रफुल्ल भएका थिए । जाडोमा पाएको न्यानो कपडा उनीहरुका लागि नफलेको फल पाए जस्तै भएको थियो । विपन्न, गरिव परिवारका बालबालिका पढ्ने उक्त विद्यालय कक्षा पाँचसम्म सञ्चालनमा छ । जम्मा ४५ जना विद्यार्थी अध्ययनरत छन् । शिक्षक आठजना रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक ओमप्रकाश शर्माले विद्यार्थीहरुका लागि ठूलो सहयोग भएको भन्दै सहयोग सधै अपेक्षासमेत गरे । तुलसीपुर–६ निवासी समाजसेवी टोपबहादुर महतराको अगुवाईमा स्वीटर वितरण गरिएको हो । मानवीय सेवालाई निरन्तरता दिन विद्यार्थीहरुलाई सहयोग गरेको उनले बताए । विद्यालयमा अध्ययनरत सबै विद्यार्थी गरिब विद्यार्थीहरु पठनपाठन गर्ने तथा न्यानो कपडा किन्नसमेत नसक्ने अवस्थामा रहेको जानकारी पाएपछि सहयोग गरेको उनको भनाइ छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर डाँगीको अध्यक्षतामा तथा नगरका शिक्षा संयोजक देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै देवराज विकले विद्यालयको शैक्षिक गुणस्तर बढाउन र विद्यार्थी बढाउने अभियानमा शिक्षक लाग्नुपर्ने बताए । उनले सरकारी शिक्षकहरुले आफ्ना बालबच्चा पनि सामुदायिक विद्यालयमा भर्ना गरेर अरुले पनि विश्वास बढाउने बताए । विद्यालयको सिकाइ र गुणस्तरसँग मात्रै सम्झौता गर्न सकिने बताए ।
कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष कुमार लामिछाने, स्थानीय राजनीतिक अगुवा रेशम भण्डारीलगायतले बोलेका थिए । बोल्ने वक्ताहरुले महतराको सहयोगको तुलनै गर्न नसकिने बताएका थिए । उनीहरुले सामाजिक कार्यमा महतराले गरेको योगदानको समेत चर्चा गरेका थिए । यसअघि पनि उनले वडा नम्बर १ को कुमालगाउँ विद्यालयका विद्यार्थीलाई स्वीटर सहयोग गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here