- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयविद्यार्थीको उत्पादन प्रयास

विद्यार्थीको उत्पादन प्रयास

- Advertisement -spot_img

विद्यार्थीहरुमा कितावी ज्ञान त्यो पनि सैद्धान्तिकमा मात्रै हुन्छ ब्यवहाीरक ज्ञानमा पछि छन् भन्ने आरोप लागिरहेको बेला दाङका विद्यार्थीहरुको प्रयासले सबै मानवले रुचाउने र प्रयोग गर्ने गरेको आयुर्वेदिक औषधी उत्पादन गरेका छन् । बालबालिकादेखि बृद्धबृद्धासम्मले पोषणको लागि प्रयोग गर्ने गरेको च्यवनप्राश जिल्लामा आयुर्वेद अध्ययन गरिरहेका विद्यार्थी र लामो समयदेखि पढाइ रहेका शिक्षकको अग्रसरतामा गुणस्तरीय उत्पादन सार्वजनिक गरिएको छ । यो सार्वजनिक हुनुले विद्यार्थीहरुमा प्रयोगात्मक सीपको विकास भएको देखिएको छ । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको जनता विद्यापीठ विजौरीमा च्यावनप्राश उत्पादन भएपछि विद्यार्थीहरुमा कितावी ज्ञान मात्रै भन्दा पनि सीपले धेरै चर्चासमेत पाएको छ । शरीरको शक्तिवद्र्धक मानिने गरेको च्यावनप्राश उत्पादनमा जनता विद्यापीठ विजौरीमा आयुर्वेद उत्तरमध्यमा तह (ए.एच.ए) अध्ययनरत विद्यार्थीहरुले गरेको प्रयास र आँटलाई विश्वविद्यालय तथा राज्यले सम्मान गर्न सक्नुपर्छ ।
एकपटक उत्पादन तथा सञ्चालन हुनु ठूलो कुरा हैन । एक पटक उत्पादन भएको वस्तुलाई निरन्तरता दिनु सबैभन्दा महत्वपूर्ण काम हो । विद्यापीठमा यो भन्दा १७ वर्ष अघि पनि च्यावनप्राश उत्पादन गरिएको इतिहास छ । तर त्यसलाई दोस्रो पटक प्रयास नै गरिएन । यो अवस्था अब आउन दिनुहुँदैन । विद्यार्थीहरुले आफ्नो पढाइलाई सीपमा विकास गर्दछन् भने त्यसलाई प्रोत्साहन गरिनुपर्छ । आवश्यक सहयोग र सुझाव पनि गर्न पछि हट्नु हँुदैन । आफ्नो सिर्जनशीलता देखाउने विद्यार्थीहरुलाई राज्यस्तरबाट प्रोत्साहन भएमा त्यस्तो सीप र सिर्जनशीलताले दीर्घकालिन अवसर पाउने छ । महङ्गो मुल्य तिरेर विदेशी ब्राण्डको उपभोग गरिरहेका नेपालीहरुले आफ्नै देशको उत्पादन सहज र सस्तो मुल्यमा उपभोग गर्न पाउने छन् । विद्यापीठमा उत्पादन भएको च्यावनप्राश ब्यवसायीक रुपमा उत्पादन हुनसके दाङको पहिचान नै फरक हुने पक्का छ । जिल्लामा उद्योगधन्दा सञ्चालन गर्नु त्यो पनि विद्यार्थी शिक्षकहरुले त्यो अत्यन्तै चुनौतीपूर्ण छ । यो चुनौतीलाई ब्यवस्थापन गर्न स्थानीय सरकार जागरुप भए यसले दीर्घकालिन उत्पादनमा लैजाने छ । नेपाल जडिबुटीको प्रसस्त सम्भावना बोकेको देश हो । यो सम्भावना भए पनि विविध कारणले यहाँको जडिबुटी प्रयोग हुन सकेको छैन । आयुर्वेदको अध्ययन थलो मानिएको दाङको बेलझुण्डीमा समेत यसलाई ब्यवस्थित गर्न सकिएको छैन भने आयुर्वेदको विकासका लागि आएको करोडौ रुपैयाँसमेत प्रयोग हुन नसक्नुले यसमा विश्वविद्यालयका जिम्मेवार ब्यक्तिहरुको तदारुकता नभएको देखिन्छ । विद्यार्थीहरुको उत्पादनलाई बढवा दिन र स्थापित गर्न क्याम्पसभित्र प्रशोधन केन्द्र र जटिबुटी उद्यानको व्यवस्थापन गर्नसके झनै राम्रो हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here