विकृतिरहित तीज मनाउन आग्रह

मुख्य खबर समाज

देउखुरी, १० भदौ । वर्षौदेखि मनाउँदै आएको पर्व तीजलाई मौलिक संस्कृति र परम्परा अनुसार मनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मौलिक संस्कृतिलाई जोगाउनका लागि मनाईने कुनै पनि चाडपर्वलाई विकृति ल्याउने तरिकाले मनाउन नहुने उनीहरुले बताएका हुन् ।
सोमबार लमहीमा आयोजित एक कार्यक्रमका महिलाहरुले प्रतिस्पर्धात्मक शैलीले चाडपर्वलाई मनाउन नहुने बताएका छन् । लमही नगरपालिकाको आयोजनामा सञ्चालन भएको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
उनीहरुले तीज, दशैँ तथा अन्य चाडपर्वहरुलाई रमाईलोको रुपमा मात्र नहेरी महिलाहरुको आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक विकासको पर्वको रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा लमही नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष विम बहादुर केसीले तीजलाई महिलाहरुको व्यक्तित्वसँगै नेतृत्व तथा क्षमता विकाससँग जोडिएकाले यस पर्वलाई सौहार्द र अनुशासित भएर मनाउनसमेत आग्रह गरे ।
कार्यक्रममा नेकपाका प्रतिनिधि मिना गुरुङ, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लिला शाह, महिला सजालका अध्यक्ष द्रौपदी पौडेल, ब्रम्हकुमारी राजयोग प्रशिक्षण केन्द्र लमहीका प्रमुख उमालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नगर कार्यपालिकाका सदस्य राधा केसीको स्वागत मन्तब्यबाट शुरु भएको उक्त कार्यक्रम लमही नगरपालिकाका उपप्रमुख देवका वेलवासेको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *