विकास हेर्दै गाउँपालिका अध्यक्ष

फिचर मुख्य खबर राजनीति समाज

सल्यान, ३१ बैशाख ।
विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, पानीलगायत जनतासँग प्रत्यक्षरुपमा जोडिएका निर्माणाधिन आवश्यकताहरुको ब्यापकरुपमा निरीक्षण गरिरहेको छ । स्थानीय सरकार गठन भएको एक वर्ष हुँदासम्म छत्रेश्वरी गाउँपालिका भित्रपर्ने सातवटै वडाहरुमा विभिन्न नमूना काम गरेको छ ।

स्थानीय सरकार गठनको प्रक्रिया एक वर्ष पुग्दा पनि गाउँपालिकामा कर्मचारीको अभावका साथै स्पष्ट नीति निर्माण नहुँदा केही समस्याहरु रहेपनि हरेक जनता तथा सेवाग्राहीको कामकाज छिटोछरितो तरिकाले सम्पन्न गरिरहेको जाननकारी दिइएको छ । गाउँपालिकाभित्र पर्ने सातवटै वडाहरुमा सडक, शिक्षा, स्वास्थ्य, पानी, विद्युतलगायत अन्य अत्यावश्यक कुराहरु ब्यापक सुधार गरेको छ ।


स्थानीयबाट जनगुनासो नआवस् र विकास निर्माणमा अनियमिता नहोस् भन्ने ध्येयका साथ सम्पूर्ण विकास निर्माण प्रक्रिया टेन्डरमार्फत अगाडि बढाएको थियो । सडक तथा भवनसँगै भौतिक निर्माणका विभिन्न विकासहरु गाउँपालिकाका अध्यक्षलगायत अनुगमन समितिले सम्बन्धित ठाउँमा पुगी स्थलगत अनुगमन गर्ने गरिएको छ ।

स्थानीय सरकार गठनको प्रक्रिया एक वर्ष पुग्दा पनि गाउँपालिकामा कर्मचारीको अभावका साथै स्पष्ट नीति निर्माण नहुँदा केही समस्याहरु रहेपनि हरेक जनता तथा सेवाग्राहीको कामकाज छिटोछरितो तरिकाले सम्पन्न गरिरहेको जाननकारी दिइएको छ । गाउँपालिकाभित्र पर्ने सातवटै वडाहरुमा सडक, शिक्षा, स्वास्थ्य, पानी, विद्युतलगायत अन्य अत्यावश्यक कुराहरु ब्यापक सुधार गरेको छ ।
स्थल अनुगमनमा साथै गाउँपालिका भित्र पर्ने विद्यालयमा विद्यार्थीको पहुँच, विद्यार्थीहरुमा शिक्षाको अवस्था, स्वास्थ्य संस्थाको अवस्था, खानेपानीको अवस्थालाई ब्यापक सुधार गरेको छ । स्थानीयबासीमा विकास निर्माण कार्य असार मसान्तसम्म गर्नुपर्छ भने बानी बसेकोले अब असार मसान्त नभएर जति सक्दो अगाडि नै काम सम्पन्न गर्न निर्देशन दिए बमोजिम गाउँपालिका भित्रको क्षेत्र विकास निर्माणको काम ९८ प्रतिशत काम सम्पन्न भएको छ ।

हामीले जनताको निम्ती काम गरिरहेका छौँ, छत्रेश्वरी गाउँपालिका जिल्लाकै नमूना बनाउन चाहान्छौँ, हाम्रो क्षेत्रको विकास निर्माणका काम के कति गुणस्तरको छ भनी हामीले सम्बन्धित ठाउँमा पुगी स्थलगत अनुगमन गरिरहेका छौँ यसलाई ब्यापक बनाउने गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए ।
‘गाउँपालिकालाई हामीले समृद्धिको बाटोमा लैजाने योजनाका साथ अगाडि बढेका छौँ, यो योजनामा जनताको पनि साथ र सहयोग अपरिहार्य रहेकोले काँधमा काँध मिलाउन आग्रहका साथै गाउँपालिका क्षेत्रभित्र कुनै पनि बिसंगति तथा हामीले काम गर्ने काममा कुनै गल्ती भएको भए जुनसुकै बेला पनि झक्झक्याउन आग्रह गर्दछु’ केसीले भने ।
जिल्लाको राजमार्गसँगै रोल्पाको सीमानामा विकास पु¥याउनु पर्ने जनप्रतिनिधिको दायित्व रहेको तथा जनतालाई विकासको अनुभूति दिलाउनुपर्ने काम रहेकोले स्थानीय सरकारको महसुस दिलाउन आवश्यक रहेको देखिन्छ । त्यसो त सल्यान जिल्लाको भौगोलिक बिकटता रहेको गाउँपालिकामा पर्दछ । यहाँ विशेषगरी विद्युत, खानेपानीको समस्या रहेपनि एक बर्षसम्म गाउँपालिकाले स्थानीय सरकारको झल्को दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *