विकास निर्माणको अनुगमन बढाइने

मुख्य खबर

तुलसीपुर, ९ साउन । नेपाली काँग्रेस क्षेत्र नम्बर ४ ले यस क्षेत्रमा भएका विकास निमार्णको अनुगमनको अनुगमन बढाइने भएको छ । अनुगमन बढाउनुको साथै विकास निर्माणमा निगरानी बढाउने भएको हो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ४ क्षेत्रीय कार्यसमितिको बिहीबार बसेको नियमित बैठकमा यस क्षेत्रमा भएका सम्पूर्ण विकास निर्माणका योजनाहरुलाई अनुगमन गरिरहेको र त्यसलाई निरन्तरता दिने निर्णय गरिएको सभापति जगत बहादुर खडकाले जानकारी दिए ।
बैठकले सरकारले ९० प्रतिसत किसानलाई मल, बीउको अभाव सिर्जना गराएर सास्ती दिएको भन्दै तत्काल मल, बीउ उपलब्ध गराउन माग गर्ने निर्णयसमेत गरिएको छ ।
खेतीपातीको समयमा रासायनिक मलको अभावप्रति कांग्रेस क्षेत्र नम्बर ४ गम्भीर र दुःखी भएको भन्दै रासायनिक मल आपूर्ति गर्न जोडदार माग गर्ने निर्णय गरिएको सभापति खड्काले बताए ।
त्यसैगरेर नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार तत्कालिन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना नेपाली कांग्रेसमा समायोजन गरी सदस्यहरुको नाम सम्बन्धित वडाबाट समावेशका लागि नामावली पठाउने निर्णय गरिएको छ ।
क्षेत्रीय सभापति खड्काको अध्यक्षतामा भएको बैठकमा महाधिवेशन प्रतिनिधि, वडा सभापतिहरु, क्षेत्रीय पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । बैठकको सहजीकरण सचिव चूर्णबहादुर चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *