विकासमा साझेदारी

विचार सम्पादकीय

छिमेकी र अन्य विदेशी देशका राष्ट्र प्रमुखहरू बेला–बेला नेपालको राजकीय भ्रमणमा आइरहेका छन् । हाम्रा राष्ट्र प्रमुख पनि बेला–बेला विदेशी राष्ट्रहरूमा भ्रमणमा जाने र भ्रमण आदानप्रदान गर्ने र हुने क्रम बढिरहेको छ । पछिल्लो समय चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले पनि यो पुष्ट्याइदिएको छ । केही समयअघि नेपालका महामयीम राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चीन भ्रमणपछिको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको मित्रता र सम्बन्ध प्रगाढ देखाउने प्रयास भएको छ । नेपालको विकासका लागि चीनले देखाएको अग्रसरता र भूमिकाले नेपालले चीनसँगको समन्वय बढाउन र विश्वास बढाएको छ । नेपालको दुईदिने राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार स्वदेश फर्किसकेका छन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएको छ । यो बीचमा चीनका राष्ट्रप्रमुखहरू नेपालको राजकीय भ्रमणमा आएका थिएनन् । राष्ट्रपति सीका पूर्ववर्ति राष्ट्रपति जियाङ जेमिन सन् १९९६ मा नेपाल भ्रमणमा आएका थिए ।

चीन विश्वमा शक्तिशाली राष्ट्रका रूपमा चिनिन्छ । चीनको विकासको गति र प्रविधिमा चीन अगाडि नै छ । चीनको विज्ञता र सहयोग नेपालमा पनि भित्र्याउन सकेमा चीनसँगको मित्रताले सार्थकता पाउने छ । विश्व परिदृश्यमा अहिले चीन धेरै अगाडि छ । नेपालको चीनसँगको निकटता पनि धेरै बढेको छ ।


चीन विश्वमा शक्तिशाली राष्ट्रका रूपमा चिनिन्छ । चीनको विकासको गति र प्रविधिमा चीन अगाडि नै छ । चीनको विज्ञता र सहयोग नेपालमा पनि भित्र्याउन सकेमा चीनसँगको मित्रताले सार्थकता पाउने छ । विश्व परिदृश्यमा अहिले चीन धेरै अगाडि छ । नेपालको चीनसँगको निकटता पनि धेरै बढेको छ । विशेषगरी २०७२ सालको भूकम्पपछिको चीनसँगको सामीप्यता गहिरो छ । बितेका चार वर्षमा नेपाल र चीनबीचको सहयोग र सम्बन्ध निरन्तर निकट हुँदै गएको छ । त्यही सम्बन्धलाई राष्ट्रपति सीको भ्रमणले थप सुदृढ बनाउनेमा सबै विश्वस्त छन् । नेपाली नागरिक पनि चीनसँग बढी विश्वस्त देखिनु पनि राम्रो पक्ष हो । सीको दुईदिने नेपाल भ्रमणले नेपालका लागि ठूलो अवसर सिर्जना गरेको छ । त्यो अवसरमा नेपालले आत्मसात् गर्न सक्नुपर्छ ।
सहयोग लिने, सहयोगको सम्झौता गर्ने तर कार्यान्वयनमा चुक्ने नेपालको पुरानै बानी देखिन्छ । यसपटक चीनसँग भएका २० सम्झौता पूर्णरूपमा कार्यान्वयन गरेर मित्रतताको सम्बन्धलाई विकासको गतिमा लिन सक्नुपर्छ । सबै क्षेत्र समेटेर महत्वपूर्ण विकासका लागि भएको चीन र नेपालबीचका सम्बन्ध तत्काल कार्यान्वयनको चरणमा पुग्न सक्नुपर्छ । विगतमा भएका अन्य देशहरूसँगका सम्झौतामा यो समस्या देखिएको छ । चीनसँगको सम्झौता तोकेकै समयमा पूरा हुने गरी काम होस् । सहयोगको विश्वासलाई स्थायीत्व गराउन नेपाल लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *