- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरविकासमा राज्यकै निकाय बाधक

विकासमा राज्यकै निकाय बाधक

- Advertisement -spot_img

घोराही, १६ साउन ।
विकास निर्माणमा सरकारी कार्यालय नै बाधा देखिएका छन् । विकास निर्माणको क्रममा सरकारी कार्यालयलहरुले सहयोग समन्वय नगर्दा विकास निर्माणमा अवरोध पुगेको छ । भने सन्तोषजन प्रगति हुन सकिरहेको छैन् ।
स्थानीय सरकारले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेको छ । जिल्लामा सडक कार्यालय, विद्युत प्राधिकरण, स्थानीय तह, नेपाल टेलिकम, वन कार्यालय खानेपानी कार्यालयको बीचको समन्वय नहुदा बेला–बेला सरकारी कार्यालयबाटै विकास निर्माणमा अवरोध सिर्जना हुने गरेको छ ।
सडक डिभिजन कार्यालयमार्फत पटक–पटक सडकमा रहेको विद्युतका पोल, टेलिकमका तार, खानेपानीको पाईप हटाउनको लागि सम्बन्धित कार्यालयसँग हटाउनको लागि अनुरोध गर्दा पनि सुनुवाई हुन सकिरहेको छैन् । सडक विस्तार गर्दा अन्य कार्यालयको अवरोध रहदै आएको छ । जसको कारण सडक निर्माण तथा विस्तारमा ढिलाइ भईरहेको छ । सडक निर्माण तथा विस्तारका क्रममा पछिल्लो समयमा विद्युत प्राधिकरण नै वाधक बनेको छ । विद्युत प्राधिकरणले सडकको पोल नहटाउँदा निर्माण कार्यले गति लिन सकिरहेको छैन् । भने कतिपय सकडहरुका विद्युतको पोलहरु नहटाएर नै कालोपत्रे गरिएको छ । जसले गर्दा सवारी दुर्घटना हुने ठूलो सम्भावना हुन्छ ।
असार मसान्त सडक निर्माण गरिसक्नु पर्ने तर सडकमा रहेका पोलहरु नहटाइदिदा कतिपय सडकमा विद्युतका पोललाई बीचमै राखेर कालो पत्रे गर्नुपर्ने वाध्यतासमेत देखिएको छ । लमही नगरपालिका वडा नम्बर १ सुनडबरीको दक्षिणतर्फ जाने गल्लीको भकरै मात्र कालोपत्रे गरिएको छ । तर त्यो गल्लीको बीच भागमा रहेको विद्युतको पोल हटाइएको छैन् । सडकको बीच भागमा रहेको विद्युतको पोललाई व्यवस्थापन नगरिदा सवारी दुर्घटना हुनसक्ने भन्दै स्थानीयबासीहरु विरोध जनाउन थालेका छन् ।

सडक निर्माण तथा विस्तारका क्रममा पछिल्लो समयमा विद्युत प्राधिकरण नै वाधक बनेको छ । विद्युत प्राधिकरणले सडकको पोल नहटाउँदा निर्माण कार्यले गति लिन सकिरहेको छैन् । भने कतिपय सकडहरुका विद्युतको पोलहरु नहटाएर नै कालोपत्रे गरिएको छ ।


त्यस्तै दाङका अन्य सडकहरुमा पनि विद्युतका पोलका व्यवस्थापन नगरी कालोपत्रे गरिएको छ । सडक डिभिजन र खानेपानी कार्यालय, विद्युत प्राधिकरण, नेपाल टेलिकम, वन कार्यालयबीच समन्वय नहुँदा निकै सास्ती भोग्नु परेको निर्माण ब्यवसायीहरुले बताएका छन् । ‘सडक निर्माणको क्रममा विद्युतका पोल, टेलिफोनका तार, खानेपानीको पाइप हटाउनको लागि कम्तीमा पनि दश पटकसम्म सम्बन्धित कार्यालयमा पत्र पठाएको होला’ निर्माण व्यवसायी पदम शर्माले भने ‘पटक–पटक पहल गर्दा कार्यान्वयन हुन दुई वर्ष जति लाग्यो ।’ सम्बन्धित कार्यालयहरुको ढिलासुस्तीका कारण सडक निर्माणमा ढिलाई भएको बताए । सम्बन्धित सरकारी कार्यालयहरुले समयम पोलको व्यवस्थापन, टेलिफोन तारको व्यवस्थापन र खानेपानीको व्यवस्थापन गरिदिएको भए सडक निर्माण यति धेरै समय नलाग्ने उनले बताए । विद्युत प्राधिकरण घोराही शाखाका इञ्जिनियर प्रमोद सिंहले निर्माणाधिन सडकमा रहेका विद्युतको पोलहरु हटाउने जिम्मा विद्युत प्राधिकरणको रहेको बताए । निर्माणाधिन सडकमा रहेका विद्युतको पोलहरुको अब केही दिनै व्यवस्थापन गरिने उनले बताए । सडकमा रहेका विद्युतको पोलहरु हटाउनको लागि आवश्यक पर्ने रकम पनि जम्मा भईसकेको उनले जानकारी गराए । ‘बर्षाको सिजन छ, सडकमा रहेका पोलहरु हटाउन ठेकेदार आएका छैनन्’ इञ्जिनियर सिंहले भने ‘विद्युतको पोल चाँडै नै हटाउने कुरा भइरहेको छ, पोल हटाउने ठेकेदार आफ्नो कर्मचारी लिएर आउने बित्तिकै काम शुरु हुन्छ ।’ सडक डिभिजन कार्यालयका ईञ्जिनियर शेखर योगीले निर्माणाधिन अवस्थामा रहेका सडकका विद्युतको पोलहरु हटाउनको लागि विद्युत प्राधिकरणलाई आवश्यक पर्ने रकम जम्मा गरिसकेको बताए । सडकमा रहेका पोलहरुको छिट्टै नै व्यवस्थापन गरिदिने भनेर विद्युत प्राधिकरणले जानकारी दिएको ईञ्जिनियर योगीले बताए । विद्युतको पोललाई व्यवस्थापन नगरेर नै सडकको कालोपत्रे गरिएको विषयमा ईञ्जिनियर योगीले प्रशस्त सडकको जग्गा भएकाले पोल हटाए पनि नहटाए पनि कुनै औचित्य नभएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here