- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरविकासको मुहार फेर्दै दाङको कर्णाली

विकासको मुहार फेर्दै दाङको कर्णाली

- Advertisement -spot_img

बबई, १ जेठ । दाङको कर्णाली भनेर चिनिने पश्चिम दाङको बबई गाउँपालिका वडा नम्बर १ ले विकासको मुहार फेर्न थालेको छ । भौगोलिक तथा आर्थिक दृष्टिकोणले मात्र नभई विकासका निर्माणबाट झन पिछडिएको यस वडामा अहिले धमाधम विकासका काम अगाडि बढेका छन् ।
करिब दुई÷तीन बर्ष यतादेखि यस वडाले विकासको मुहार फेर्न पाएको स्थानीयबासी बताउँछन् । निकै विकट यस वडामा अहिले कच्ची भएपनि मोटरबाटो, खानेपानी, विद्युत, सञ्चारजस्ता विकासका पूर्वाधारका काम अगाडि बढाइएको छ ।
स्थानीय तहमा सरकार आएपछि केही विकासका आशा पलाएको स्थानीयबासीहरुको भनाई छ । अहिले आफ्नै गाउँबाटै बस चढ्न पाएकोमा बबई– १ मदानेकी कमला वली खुशी छन् ।
‘पहिलेभन्दा अहिले धेरै सहज भएको छ’ वलीले भने, ‘पहिले तुलसीपुर बजार जान तीन÷चार घण्टा जंगलको बाटो उकालो ओरालो पैदल हिडेर बबरपुर बस भेटाउन जानुपर्ने बाध्यता थियो ।’
गाउँमा विभिन्न विकासका काम अगाडि बढ्न थालेपछि बबई–१ का जौँबारी, घुइयाबारी, भाङाबारी, मदाने, तरूले, गंगते, जिला, सिमलकुना, कप्ताने, धौवाघाट, वञ्चरे, क्युरेनीलगायतका टोलका स्थानीयबासीमा विकासको आशा जागेको छ ।
बर्षाैदेखि विकासबाट वञ्चित हामीमा केही आशा पलाएको कप्तानेका छपि घर्तीले बताइन् । अहिले पूरै बिकास भएको छ त भन्न मिलेन विस्तारै–विस्तारै होला घर्तीले बताइन् ।
विकासका कामलाई तिव्रता दिएको बबई–१ का जनप्रतिनिधि बताउँछन । अन्य वडाभन्दा हाम्रो निकै विकट वडा हो, कुनै विकासका पूर्वारधारहरु थिएनन, अहिले धमाधम विकासका काम भईरहेको वडा सदस्य नन्दलाल वलीले बताए ।
आफ्नो वडाको विकासको मुहार फेर्नुपर्छ भन्ने उद्देश्य आफूहरू अगाडि बढेको वलीको भनाइ छ । सबैको सहयोग र सहकार्य गर्दै आफ्नो वडामा मोटर बाटो, विद्युत, सञ्चार, खानेपानी, स्वास्थ्यलगायतका कामलाई तिव्रता दिएको वडा अध्यक्ष खड्क कँवरले जानकारी दिए ।
‘मोटर बाटो टोल–टोल पु¥याएका छौँ, विद्युतको लाईन मदानेसम्म विस्तार भएको छ, वडा अध्यक्ष कँवरले भने, ‘हाम्रो वडा सञ्चार सेवाबाट पूर्णरुपले वञ्चित छ तर सञ्चार सेवाको काम पनि भईरहेको छ ।
वडा अध्यक्ष कँवरका अनुसार सिम्लेको लेकमा नेपाल टेलिकमको टावर वन्दै गरेको हुनाले छिटै सञ्चार सेवाबाट लाभ लिईने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here