सन्दर्भः अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस …
घोराही, २४ फागुन । बिहान उठ । दाल र भात पकाउ । भेटभरी खाँउ । बचेको खाना टिफिन डब्बामा राख अनि मजदुरी गर्न पुग । त्यसपछि १२ बजे त्यही चिसो दाल भात खाउ । फेरी साझ आँखा देखुन्जेल काम गर । अनि घर जाउ बिहानकै कार्य दोह¥याऊ ।
घोराही उपमहानगरपालिका वडा नं. १६ की कमला चौधरीको दैनिकी यसरी नै बित्दै आएको छ । फागुन महिना भएपनि पुस माघ महिनाको जस्तो चिसो मौसम छ । उनी घोराहीको एक घरमा लेवरको काम गर्दै थिईन् । मध्यान्ह १२ बजे खाना खाने तरखरमा थिइन् । चिसो खाना त्यो पनि बिहानदेखि दाल र भात एउटै भाडामा राखिएको । उनलाई भोजन कस्तो हुन्छ ? त्योसँग चासो भएन् । भोक मेट्न पाए पुग्यो । ‘सिमेन्टको काम गर्दा हात फुटेर खाना खान मिल्दैन्’ उनी अलि असञ्चो महसुस गरेर खाना खाईरहेकी थिईन् । ‘हात फुुटेको छ । खाना खादा दालको झोलमा हात चर्चाराउँछ’ उनले भनिन् ‘चम्चा ल्याउन बिर्सेछु ।’ चौधरी आठ बर्षदेखि लेवरको काम गर्दै आईरहेकी छन् । शुरुमा एक सयबाट काम गर्न शुरु गरेकी चौधरी दैनिक चार सय रुपैयाँमा ज्यालादारी काम गरिरहेकी छन् ।
‘हाम्रो न त काम र ज्यालामा सम्मान छ, न त हामीसँग जोडिएका दिन र दिवसको नै ? उनले भनिन् श्रमिक, महिलाजस्ता दिवस त ठूला मान्छेहरुको लागि मात्र रहेछ ।’
बिहान पाँच बजेर खाना पकाउनेदेखि दिउँसो मजदुर काम गरेर साझ फेरी खाना पकाउने खाने मात्र थाहा छ । आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छन् भन्ने कुनै जानकारी नै छैन् उनलाई र यो विषयमा केही थाहा पनि छैन् । न त उनलाई श्रमिकको विषयमा थाहा छ ? न त उनलाई महिला अधिकारको बारेमा ? त्यो भन्दा उनलाई छोराछोरीलाई के खान दिने ? के लगाउन दिने ? भन्नेमा मात्रै चिन्ता छ । ‘दिनहुँ महंगी बढ्दै गएको छ’ कसरी घर खर्च चलाउने ? उनले भनिन् ‘हाम्रो न त काम र ज्यालामा सम्मान छ, न त हामीसँग जोडिएका दिन र दिवसको नै ? उनले भनिन् श्रमिक, महिलाजस्ता दिवस त ठूला मान्छेहरुको लागि मात्र रहेछ ।’ साझ–बिहान काम गर्नेको लागि कुनै दिवस पर्व नआउने गरेको उनको भनाइ छ ।
चौघेराकी शान्ति विकले घर बनाउने काम गर्ने समयमा ईट्टा खसेर खुट्टामा चोट लागेको तीतो यथार्थ सुनाईन् । ‘काम गर्ने समयमा ईट्टा खसेर चोट लाग्यो, काम गर्न सक्दनौ भनेर काममा नै लगाएनन्’ उनले निरास हँुदै भनिन् ‘उपचार गरिदिने त कहाँ हो कहाँ अझ काममा लगाउनै मानदैनन् ।’ ‘पुरुषहरु सहज काम गर्छन्, हामीलाई अप्ठेरो काम लगाउँछन्’ उनले भनिन् ‘तर कामको मुल्य नै हुँदैन् ।’
उनले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको कार्यक्रम वडामा राखिएको छ भने खबर पाएकी छन् । तर उनलाई त्यो कार्यक्रममा जाने, कुरा सुन्ने ईच्छा भएपनि उनलाई मजदुरी गर्न जानु पर्ने बाध्यता छ । ‘एकदिन काममा गएन् भने साझ बिहान हातमुख केले जोड्ने ?’ उनले भनिन् ‘फेरी अर्को दिन अर्को मान्छे राखिसकेको हुन्छ ।’ मजदुर महिलाहरुको कामको कुनै मूल्यांकन नभएको उनले बताइन् । आठ घण्टा काम, आठ घण्टा आराम भने पनि त्यो नभएको देखिन्छ । कमला र शान्ति मात्रै होइनन् । अधिकांश महिलाहरुलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा जानकारी छैन् । न त उनीहरुलाई आफ्नो श्रमको मुल्यको बारेमा थाहा छ, न त अधिकारको बारेमा नै ?
‘गाउँका ठूला बडाघरका महिलाहरु मात्रै भेला भएर कार्यक्रमहरु गर्छन्’ कटाई सिलाई व्यवसाय गर्दै आएकी बिजौरीकी सुनिता अधिकारीले भनिन् ‘हामीलाई खबर पनि हुँदैन्, फुर्सद पनि छैन् ।’ महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्यले महिलाहरुको श्रमको सम्मान नभएको बताइन् । ‘अझै पनि मर्यादित श्रमको रुपमा स्थापना भएको छैन्’ केन्द्रीय सचिव आचार्यले भनिन् ‘केही सुधार चाहिँ भएको छ ।’ संविधानमा सम्मान श्रमको उल्लेख गरेपनि त्यसको कार्यान्वयन नभएको उनले बताइन् ।
अझै पनि श्रमिक महिलाहरुले काम गर्ने स्थलमा महिलामैत्री वातावरण नभएको, भान्छामा अझै विभेद नै भएको, कामको मूल्यांकन नभएको उनले बताइन् । ‘लैंगीक समानताका लागि समान सोंच र व्यवहारः समृद्ध आधार’ भन्ने मुल नारासाहित आज १०९औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईदै छ ।
सार्थक बन्नुपर्छ ‘नारी दिवस’
उमा भण्डारी
तुलसीपुर, २४ फागुन । महिलाहरुका हक, अधिकार र महिला शक्तिलाई उपलब्धिको संस्थागत गर्नका लागि प्रत्येक वर्ष मार्च ८ का दिन नारी दिवस तथा महिला श्रमिक दिवस मनाउने गरिन्छ । प्रत्येक वर्ष उत्सवको अवसरमा मनाईने यो दिवस गाउँ–गाउँसम्म अनिवार्य रुपमा पुग्न आवश्यक रहेको स्थानीय श्रमिक महिलाहरुको भनाइ छ ।
महिलाहरुका समस्या र आवश्यकतालाई बाहिर ल्याउन सक्ने वातावरण बन्न नसक्दा नारी दिवसले पूर्णता पाउन सकिरहेको छैन । अन्तर्राष्ट्रियस्तरमै प्रत्येक वर्ष मार्च ८ गते मनाउँदै आएको यो दिवसले सामाजिक परिवर्तन र सकारात्मक सोंचको विकास र स्तर वृद्धि लागि महङ्खवपूर्ण भूमिका खेलेको भएपनि आईरहेको नारी दिवसले सबै भेग र सबै वर्गका महिलालाई छुन नसकेको महिलाहरुको गुनासो छ ।
शिक्षित, रोजगार प्राप्त र सम्पन्न वर्गका लागि मात्रै नारी दिवस आउने गरेको ४६ वर्षिया मधुमती कुमालले बताइन् । परिवारको आर्थिक समस्या कमजोर भएकै कारण पटक–पटक दमन र शोषित बन्नु पर्ने अवस्थालाई यहाँका महिला अधिकारकर्मी, सम्बन्धित निकायहरुले बुझ्न नसकेको उनले गुनासो गरिन । ग्रामीण भेगमा रहेर जीवनयापन गरिरहेका महिलाहरुको समस्या, अवस्था, सामाजिक परिवेशलाई प्रत्यक्ष रुपमा अध्ययन गर्न सक्नुपर्ने उनले बताइन् । ‘कति महिला श्रीमान्, घरपरिवारका कारणले पीडित छन् त्यसको अध्ययन गर्न आवश्यक छ उनले भनिन् ‘होईन भने वर्षमा एकपटक मनाउने नारी दिवसले कुनै सार्थकता पाउँदैन ।’
हरेक महिलालाई आत्मनिर्भर र सक्षम बनाउन हरेक निकायले नारी दिवसलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने तुलसीपुर निवासी झुमा विष्टले बताइन् । महिलाहरुको हक, अधिकार र संरक्षणका विषयमा ग्रामीण भेगमा विभिन्न कार्यक्रम तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन हुँदैनन् तबसम्म नारी दिवस मनाउनुको अर्थ नभएको उनको भनाइ छ । ‘हाम्रो समाजमा अहिले पनि सामाजिक अन्धविश्वास र चेतनाको अभावले महिलाहरुमाथि हिंसाजन्य गतिविधिहरु भइरहेका छन् उनले भनिन् ‘बाह्य रुपमा जबसम्म यस्ता घटनाहरु सार्वजनिक गर्न सक्ने वातावारणको सिर्जना हुन सक्दैन तबसम्म हामीले नारी दिवसको महसुस गर्न सक्दैनौ ।’
लैंगीक समानता र सहभागिताका लागि नारी दिवस महङ्खवपूर्ण भएको महिला अधिकारकर्मीहरुको भनाइ छ । आजभोलि कुनै पनि संघसंस्थाहरुमा महिलाहरुको उत्साहजनक सहभागिता र भूमिका देखिने गरेको महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी निवर्तमान अध्यक्ष शुष्मा गिरीको भनाइ छ । तर पनि गुणात्मक रुपमा यसले अझै परिवर्तन गर्न नसकेको उनले बताइन् । महिलाको क्षमता विकास नेतृत्व विकास र बढ्दो सामाजिक हैसियत कायम भएको र महिलामा आत्मबल बढेको तर मुख्य नेतृत्व लिने सवालमा अझै पनि पितृसत्तात्मक साेंचमा परिवर्तन आउन सकेको छैन ।
‘महिलाले नेतृत्व लिन सक्छन् र ? भन्ने धारणा अझै पनि छ’ उनले भनिन् ‘यस्तो सोंच पुरूषमा मात्रै होइन हामी महिलाहरुमा पनि छ । हामी पनि आफूभन्दा पुरूष नै सक्षम देख्छौँ । यो सोंच हामीले पनि परिवर्तन गर्नु जरुरी छ । यसका लागि प्रत्येक मार्च ८ मा मात्र होइन हरेक क्रियाकलापहरु महिलाले पुरूषको दया होइन संघर्ष गर्ने आँट गर्नुपर्छ ।
संघर्ष कसैको विरूद्धमा होइन आफ्नै अधिकार प्राप्ति र रक्षाको लागि हो । यस्तै काम मा यदि कोही बाधक हुन्छ भने त्यसका विरूद्धसमेत महिलाहरुले आवान उठाउन सक्नु पर्दछ । जसका लागि हरेक महिलाहरुको चेतनाको विकास गराउनु पर्ने आजको मुख्य आवश्यकता हो ।