घोराही, ४ भदौ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले आफ्नो २६औँ वार्षिकोत्सव विविध कार्यक्रम सञ्चालन गरी मनाएको छ । संस्थाले घोराहीमा रक्तदान कार्यक्रम गरेको छ । सेवा केन्द्रले मंगलबार रक्तसञ्चार केन्द्र घोराहीमा एक कार्यक्रम गरी आफ्ना विभिन्न शाखामा कार्यरत २२ जना कर्मचारीहरुले रक्तदान गरेका थिए ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका संस्थापक कोषाध्यक्ष शारदा शर्माले संस्थाले सञ्चालन गरिरहेका विविध कार्यक्रमहरुको जानकारी गराएकी थिइन् ।
संस्थाले हाल पाँच सयभन्दा बढी बालबालिकाहरुलाई औपचारिक शिक्षामा आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको, महिला हिंसा तथा पुनस्र्थापना सम्बन्धी कार्यक्रम सञ्चालन गरेको,
द्वन्द्व प्रभावित क्षेत्रका युवा तथा महिलाहरुलाई आयआर्जनमा सलंग्न गराएको तथा २०६० सालबाट नेपाल राष्ट्र बैंकबाट स्विकृती प्राप्त गरी लघुवित्त कार्यक्रम सञ्चालन गरी ६० हजार विपन्न परिवारलाई आर्थिक सशक्तिकरण गर्न टेवा पु¥याएको जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारीले समुदायसम्म रक्तदान गर्नुपर्ने कुरालाई पु¥याउन आवश्यक रहेको जानकारी गराउँदै सामाजिक सहभागीमा मात्र रक्तसञ्चार केन्द्रको प्रभावकारीता वृद्धि गर्न सकिने बताइन् ।
उक्त कार्यक्रममा रक्तसञ्चार केन्द्रका इन्चार्ज दिलिप न्यौपानेले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए । उक्त कार्यक्रमको सहजीकरण संस्थाका बरिष्ठ प्रबन्धक लोकमणि रेग्मीले गरेका थिए ।