वार्षिकोत्सवमा बृद्धाश्रमलाई सहयोग

मुख्य खबर

घोराही १७ कार्तिक । तिनाउ मिसन डेभलपमेन्ट बैंक शाखा कार्यालय घोराहीले १४औँ वार्षिकोत्सवको अवसरमा बृद्धाश्रमलाई सहयोग गरेको छ । बैंकले घोराही–१६ तेरौटेमा रहेको द्रोपताकुमारी लोहनी लक्ष्मी नारायण बृद्धाश्रमलाई विभिन्न सामग्री वितरण गरेको हो ।
मानव सहायताका लागि बृद्धाश्रमलाई विभिन्न सामग्री वितरण गरेको बैंकका शाखा प्रबन्धक चेतन पराजुलीले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा शुक्रबार बृद्धाश्रममै पुगेर चारवटा बेञ्च र चारवटा कुर्सी वितरण गरेको शाखा प्रबन्धक पराजुलीले जानकारी दिए । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले आफ्नो १४औँ वार्षिकोत्सवको विभिन्न कार्यक्रम गरिरहेको शाखा प्रबन्धक पराजुलीले जानकारी दिए ।
सामग्री वितरण कार्यक्रममा बैंकका कर्जा अधिकृत सुवास ज्ञवली, अप्रेशन इञ्चार्ज उमेश चौधरी, बैंकका कर्मचारी सीता बेलवासे, दीपा बुढा, वसन्ती घलाङलगायतको सहभागिता रहेको थियो । बृद्धाश्रममा अहिले आठजना पुरूष र सातजना महिला गरेर १५ जना आश्रित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *