वातावरण संरक्षण तथा आकाशे फुलबारी कार्यक्रम

मुख्य खबर समाज

तुलसीपुर, ९ भदौ । वातावरणिय ह्रासलाई रोक लगाई स्वच्छ र सुन्दर वातावरण निर्माणका लागि तुलसीपुरमा वातावरण संरक्षण तथा हरियाली आकाशे फुलबारी कार्यक्रम भएको छ । वातावरण प्रदूषणका कारण फैलिने महामारी तथा रोगबाट बच्नका लागि यस कार्यक्रमको सञ्चालन गरिएको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ८ स्थित गहतेखोलामा वातावरण संरक्षण तथा हरियाली आकाशे फुलबारी कार्यक्रम भएको हो । वडास्तरीय वातावरण संरक्षण समितिका संयोजक ईन्द्रजित चौधरीको अध्यक्षता एवं वडा नं ८ का वडा अध्यक्ष वेदबहादुर केसीको
प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागीहरुले वातावरण र मानवीय जीवनको सम्बन्ध निकट भएकाले यसको संरक्षण गर्नु सबैको कर्म र धर्म भएको बताएका थिए । वातावरण ह्रास हुुँदै गएमा रोग तथा महामारीको सिकार मानव जीवननै हुने भएकाले समयमै यसबारे सचेत रहनुपर्ने बताए ।
कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि वेदबहादुर केसीले वातावरणको संरक्षण कसरी गर्ने ? भन्ने विषय वडा, संस्था र समाजका लागि मात्र नभई व्यक्तिका लागि पनि भएको बताए ।
वडामा रहेको हरियाली आकाशे फुलबारी नामक शवदाह गृह परिसरलाई सुन्दर र हरियाली बनाउन अनिवार्य रहेकाले यसका लागि वडास्तरीय विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेसमेत बताए ।
कार्यक्रमका अवसरमा बोल्दै वातावरण संरक्षण तथा व्यवस्थापन समितिका निवर्तमान संयोजक शोभाराम केसी, राप्ती बहिरा संघ दाङकी कार्यक्रम संयोजक देवा डाँगी,
महालक्ष्मी विकास बैंकका प्रबन्धक खगेन्द्र बुढालगायतले मानवीय जीवनको महत्वपूर्ण पूर्वाधार वातावरण भएकाले यसलाई सबैले संरक्षण गर्नुपर्ने बताए ।
यस्तै उनीहरुले वातावरण प्राकृतिक उपचारको प्रमुख श्रोत भएकाले यससँग जोडिएका विभिन्न संस्कार, संस्कृति र मुहानहरुको समेत संरक्षण गर्नुपर्नेमा जोड दिए ।
साथै उनीहरुले आ–आफ्नो घर, टोल तथा समाजबाट वातावरण संरक्षणका अभियानहरु सञ्चालन गर्नुपर्ने बताएका थिए भने कार्यक्रमको सञ्चालन नेपाल सरकार श्रम रोजगार सुरक्षा मन्त्रालयअन्र्तगत ५ नं प्रदेशका वडास्तरीय टोली नेता हुमाकान्त पाण्डेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *