Friday, April 12, 2024
Homeफिचरवातावरण संरक्षणका लागि फोहर व्यवस्थापन

वातावरण संरक्षणका लागि फोहर व्यवस्थापन

- Advertisement -spot_img

देउखुरी, ४ असार । डिभिजन वन कार्यालय देउखुरीका प्रमुख शंकरप्रसाद गुप्ताले वन वातावरण र सरसफाईको उचित सन्तुलनबिना मानव जीवन सन्तुलित हुन नसक्ने बताएका छन् ।
वनको संरक्षण हुनसके वातावरण संरक्षण हुने र वातावरण संरक्षणका लागि ब्यक्ति, घर र सार्वजनिक स्थलबाट निस्कने फोहरको सही र उचित ब्यवस्थापन हुनुपर्ने डिभिजन बन प्रमुख गुप्ताको भनाई छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजना र डिभिजन वन कार्यालय देउखुरीको सहयोगमा बुधवार लमहीमा आयोजित एकदिने फोहरलाई स्रोतमा वर्गीकरणसम्बन्ीध सचेतना कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका गुप्ताले उक्त कुरा बताएका हुन् ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरीको अध्यक्षता तथा डिभिजन वन कार्यालय देउखुरीका प्रमुख शंकरप्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य अनिता चौधरीलगायतले बोलेका थिए । संस्थाका उपाध्यक्ष लिला शाहको विषय प्रवेशबाट शुरुभएको कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ६ अन्तर्गतका हरियाली महिला बचत तथा ऋण सहकारी संस्थामा आबद्ध महिलाहरुको सहभागिता थियो ।
कार्यक्रममा रेडियो हाईवेका प्रबन्ध निर्देशक तथा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सहसचिव केपि घिमिरेले फोहर ब्यवस्थापन र सरसफाई सम्बन्धी सल्लाह, सुझाव दिएका थिए ।
लिला शाहले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव सनम पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here