वातावरणीय स्वास्थ्यका लागि वृक्षारोपण

मुख्य खबर समाज

घोराही, २७ बैशाख । समुदाय र वातावरणीय स्वच्छताका लागि गढवामा सरसफाई तथा वृक्षारोपण गरिएको छ । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय साझेदारी कार्यक्रमअन्तर्गत ‘हर प्रहर टोल र नगरी टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ बुधबार गढवा गाउँपालिमा विभिन्न किसिमका बोटबिरुवा लगाईनुका साथै सरफाई समेत गरिएको छ ।
उक्त कार्यक्रम ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख गिरिराज भण्डारीको नेतृत्वमा सञ्चालन भएको थियो । दिनप्रतिदिन वातावरणीय ह्रास हुँदै गएकाले यसको न्यूनीकरणमा स्वयं आफूनै जिम्मेवार बन्नुपर्ने भएकाले यो कार्यक्रमलाई समय–समयमा सञ्चालन गर्ने गरेको प्रहरी प्रमुख भण्डारीले बताए ।
गढवा गाउँपालिका वडा नम्बर ६ मा रहेको मन्दिर परिसरमा सातवटा रक्त चन्दनको विरुवा रोपिएको छ । त्यस्तै पाँचवटा श्रीखण्ड र पाँच थान शितल चिनीको विरुवा रोपिएको प्रमुख भण्डारीले जानकारी दिए ।
गाउँपालिकामा यस अघि पनि वातावरणीय संरक्षणका लागि गढवा ५० वटा शितल चिनीको बिरुवा रोपिएको थियो । यस्तै आगामी महिना सोही गाउँपालिकाकै कोटही मन्दिरको गेटमा दुईगोटा बोटल पाम को विरुवा रोपण गर्ने योजना रहेको समेत रहेको उनको भनाइ छ ।
उक्त अवसरमा गढवा गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष बालचन्द्र ठकुरी हमाल, वडा नम्बर ५ का अध्यक्ष प्रकाश भण्डारी, नेकपाका रामप्रसाद गैरे, खानेपानी गढवाका अध्यक्ष लेखबहादुर थापा, रेडियो साझा आवाजका स्टेसन म्यानेजर दुखहरण यादव, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम वडा नम्बर ६ को कार्यसमिति परिसरलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *