वाणिज्य इजलास नहुँदा समस्या

मुख्य खबर

दाङ, ६ भदौ । बैंक कसुर सम्बन्धी न्याय दिनका लागि दाङमा वाणिज्य इजलास नहँुदा प्रहरीलाई अनुसन्धान प्रक्रियामा समस्या भएको छ । वाणिज्य इजलास दाङमा नहुँदा नेपालगंज जानुपर्ने भएपछि प्रहरीलाई अनुसन्धान प्रक्रियामा समस्या भएको हो ।
बैंकिङ कसुर तथा सजाय ऐन २०६४ ले यस्ता प्रकृतिका मुद्दाको छिनोफानो गर्नका लागि वाणिज्य ईजलासको ब्यवस्था गरेपछि प्रहरीलाई दाङमा समस्या भएको हो । बैंकिङ कसुरका मुद्दालाई प्रहरीले वाणिज्य इजलासमार्फत् म्याद थप गरी अनुसन्धान गर्नुपर्छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जिल्लामा वाणिज्य इजलास नहुँदा आर्थिक, समय र सुरक्षामाथि नै समस्या रहेको जानकारी दिए । लामो दूरीका कारण आरोपितलाई लैजान र ल्याउन कार्यमा समस्या हुने गरेको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले गत एक बर्षमा १२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएको जनाएको छ । प्रहरीले आर्थिक बर्ष ०७५/०७६ को भदौदेखि आर्थिक बर्ष ०७६/०७७ को हालसम्म १२ मुद्दा दर्ता गरेको जनाएको हो ।
प्रहरीले उच्च अदालत तुलसीपुरको वाणिज्य इजलास नेपालगंजमार्फत् १२ वटा मुद्दा दर्ता गरेर आरोपितलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी बिनोदविक्रम शाहले जानकारी दिए ।
प्रहरीले नौँ वटा नगद ठगी र तीनवटा चेक बाउन्सका मुद्दा वाणिज्य इजलास नेपालगंजमार्फत् मुद्दा दर्ता गरेर कारवाही गरेको प्रहरीले जनाएको छ । प्रहरीले तीनवटा मुद्दामा चेक बाउन्सको रकम खुलाएको छैन । नगदमा भने प्रहरीले १८ करोड ७६ लाख ४४ हजारको मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *