वर्षाले ११ करोडको ईटा क्षति

मुख्य खबर

घोराही, १४ माघ । वर्षाका कारण दाङमा करिब ११ करोड मूल्य बराबरको इटा नोक्सान भएको छ । केही दिन पहिलेदेखि परेको पानीले जिल्लामा सञ्चालित ३२ वटा इटा उद्योगमा १० करोड ७४ लाख बराबरको नोक्सान पुु¥याएको दाङ देउखुरी इटा उद्योग व्यवसायी संघले जनाएको छ ।
संघका अध्यक्ष रोम वलीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी निर्माणधिन अवस्थाका २ इटा उद्योग भत्किएको र अन्य ३० वटा उद्योगमा क्षति पुुगेको जानकारी दिए । उनका अनुुसार तुुलसीपुरको शिब इटा उद्योग र गणेश इटा उद्योगमा सबैभन्दा बढी क्षति भएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *