- Advertisement -spot_img
Monday, April 19, 2021
Homeफिचरवर्षाले यातायात अवरुद्ध

वर्षाले यातायात अवरुद्ध

- Advertisement -spot_img

बबई, ३० असार । बर्षायामसँगै जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायातका सेवा बन्द भएका छन् । पहाडी तथा विकट ठाउँमा खुलेका ग्रामीण सडक पानीले बिगार्दा यातायात सेवा बन्द भएका हुन् ।
सडकको स्तरोन्नति नहुँदा यो समस्या विगतदेखि नै भोग्नु परेको छ । हिउँदमा निर्माण हुने वर्षामा पानीले बग्ने सडकहरु हुँदा बबई अधिकांश ग्रामीण बस्तीहरुमा सडक सञ्जाल तोडिएको छ ।
बबई गाउँपालिका वडा नम्बर १ का भाङाबारी, जौबारी, गंगते ग्रामीण सडक, छहरा हुँदै कप्ताने, सिमलकुना, जिला ग्रामीण सडक, वडा नम्बर ७ को कृष्णपुर, सिमलकुना, डाँडागाउँ, ढोलपुर हुँदै मलई ग्रामीण सडक बन्द भएका छन् ।
यस्तै दंगिशरण गाउँपालिका वडा नम्बर १ का फुर्केसल्ली, ठाँटी, कालितरा ग्रामीण सडक बन्द भएको स्थानीयले बताएका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर १ का विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायातका साधन सञ्चालन हुन छोडेका छन् ।
यातायात सञ्चालन भएका ग्रामीण क्षेत्र पनि सहजैरुपमा यातायात सञ्चालन हुन अप्ठेरो छ । यातायात सञ्चालन हुने सडकको अवस्था नाजुक हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या रहेको छ । यातायात सेवा पूर्णरुपमा बन्द भएका ग्रामीण क्षेत्रमा झन निकै समस्या व्यहोर्नु परेको छ ।
यातायात सेवा बन्द हँुदा स्थानीयहरू वडा, गाउँपालिका, बजारलगायत गन्तब्यमा जानेहरु पैदल हिड्न बाध्य भएका छन् । गाउँमा कोही बिरामी र सुत्केरी नहुँदा निकै समस्या हुने गरेको दंगीशरण– १ कालितराका रणबहादुर रोकाले बताए ।
बिरामी र सुत्केरीलाई स्टेचरमा बोकेर अस्पताल पु¥याउनुपर्ने अवस्था रहेको रोकाले बताए । पानीले ग्रामीण क्षेत्रका विभिन्न सडकहरु बिगारेको छ । बर्षायाममा आफ्नो गाउँको सडक खोलामा परिणत हुने बबई ७ मलईका खुमानन्द खत्रीले बताए ।
बर्षामा सडक, सडकजस्तो हुँदैन खोला भने पनि हुन्छ, सबै पानीले बिगारी हाल्छ, खत्रीले भने एक दशकभन्दा बढी भयो सडक बनेको यसको अवस्था जस्ताको तस्तै छ, सडकको स्तरोन्नतिमा कसैले ध्यान दिदैनन् ।
बबई नदी पार गरेर सञ्चालन हुने सडकहरु कार्तिक, मंसिर महिनातिर सञ्चालन हुने गर्दछन् । गाउँमा यातायात सेवा बन्द हुँदा निकै सास्ती व्यहोर्नु परेको स्थानीयले बताउँछन् ।
दैनिक उपभोग्य सामानदेखि विभिन्न सामानका लागि स्थानीयलाई अप्ठेरो पर्ने गरेको छ । यतिबेला चर्काे मुल्यमा स्थानीय व्यापारीहरुले सामान बिक्री गरेको स्थानीय बताउँछन् ।
बर्षायाममा यातायात सेवा बन्द हुँदा ग्रामीण क्षेत्रका स्थानीयलाई निकै समस्या रहेको बबई–१ कप्तानेका छपि घर्तीले बताए । अरुबेला भन्दा यो समयमा सामानको मुल्यमा महंगो पर्छ, महंगो भएपनि सामान किन्नुपर्ने बाध्यता रहेको घर्तीले गुनासो गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here