वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक

मुख्य खबर

घोराही, ३ मंसिर । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नयाँ युगबोध राष्ट्रिय दैनिकका संस्थापक बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मालाई पत्नी शोक परेको छ ।
शर्मा पत्नी घोराही उपहानगरपालिका वडा नम्बर १७ बर्गदी निवासी रोहिणीदेवी शर्माको सोमबार बिहान ८५ बर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेकी शर्माको उपचारकै क्रममा घोराही–१५ स्थित घरमै निधन भएको थियो ।
यसैबीच प्रदेश टुडेले शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । पत्रिकाका प्रकाशक भुवन गौतमले शोक विज्ञप्ति जारी गर्दै शर्माको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका हुन् ।
यसैबीच पत्रकार महासंघ दाङका संस्थापक नारायणप्रसाद शर्माका पत्नी तथा महासंघका पूर्व अध्यक्ष प्रताप रेग्मीका आमा रोहिणीदेवी शर्माको निधनप्रति पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । महासंघले तीन दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *