- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसमाजवन विधेयक मर्म र भावना विपरीतः वन महासंघ

वन विधेयक मर्म र भावना विपरीतः वन महासंघ

- Advertisement -spot_img

घोराही, २२ पुस । सरकारले ल्याउन लागेको वन विधेयक सामुदायिक वन समूहको मर्म र भावना विपरीत रहेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङले विरोध गरेको छ । वन महासंघ दाङको शनिबार घोराहीमा सम्पन्न तेस्रो पूर्ण बैठकले सरकारले ल्याउन लागेको वन विधेयकका बिषयमा दशवटै स्थानीय महासंघको अगुवाईका समूह तहमा छलफल गर्ने निर्णय गरेको गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको सभापतित्व तथा जिल्ला महासंघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार शोभाकर सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले सामुदायिक वनको बिषयमा वर्तमान सरकार नै अनुदार रहेको निष्कर्ष निकालेको छ । बैठकमा बोल्दै प्रमुख अतिथि जिल्ला महासंघका निवर्तमान अध्यक्ष सापकोटाले आफ्नो अधिकार रक्षाका लागि चनाखो बन्न जरुरी रहेको बताए । सामुदायिक वनका उपभोक्ताहरुको एकताबाट मात्रै वन क्षेत्रका सवाललाई सम्वोधन गर्न सकिने बताए ।
वन ब्यवस्थापनको समय शुरु भइसकेको अवस्थामा वन समूहहरुले आफ्नो साधारणसभा, लेखापरिक्षण प्रतिवेदनजस्ता नियमित प्रक्रिया पूरा गरी उपभोक्तालाई चाहिने वन पैदावार सवडिभिजन र वन डिभिजन कार्यालयमार्फत माग गर्न वन समूहलाई आह्वान गर्ने निर्णय बैठकले गरेको बैठकपछि वन महासंघ दाङका प्रवक्ता हेमराज शर्माले जानकारी दिए ।  यसैगरी बैठकले जिल्ला महासंघको कामलाई सरल र दैनिक कार्य गर्नका लागि स्थायी समिति गठन गरेको छ । स्थायी समितिमा अध्यक्ष भूपेन्द्र सुवेदी, उपाध्याक्ष सरिता थापा, सचिव जानका केसी, कोषाध्यक्ष कमलराज पोख्रेल, प्रवक्ता हेमराज शर्मा र सदस्यहरुमा मनजित खड्का, सीता डाँगी र तारा देवकोटा रहेका छन् । बैठकले फर्सबहादुर नेपाली, कृष्ण खड्का र सीता वलीलाई जिल्ला समितिको सदस्यमा मनोनयन गरेको छ । बैठकले पाँच सदस्यीय न्यायीक समिति र पाँच सदस्यीय लेखा तथा अनुगमन समिति गठन सर्वसहमतिले गठन गरेको छ । न्यायीक समिति संयोजकमा ललितबहादुर केसी, सदस्यहरुमा विष्णुमाया बसेल, नेत्रमणि शर्मा, हिरा पुन र रोहवरबहादुर केसी रहेका छन् । त्यस्तै, लेखा तथा अनुगमन समिति संयोजकमा खिमा अधिकारी र सदस्यहरुमा राम लक्ष्मण शाह, कल्पना परियार, रमेश केसी र ऋषिराम चौधरी रहेका छन् । जिल्ला महासंघको कार्ययोजना स्पष्ट पार्नका लागि रणनीतिक योजना बनाएर छलफल गर्ने निर्णय बैठकले गरेको छ । जिल्ला महासंघका सदस्य रत्नलक्ष्मी थापा र पूर्व जिल्ला सदस्य हरि सुवेदी बिरामी भएकोमा उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय बैठकले गरेको छ । बैठकले जिल्ला महासंघका सदस्य हरि सुवेदी जिल्ला सहकारी संघको कोषाध्यक्षमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ । यसैगरी जिल्ला महासंघका निर्वतमान अध्यक्ष शोभाकर सापकोटाका पुजनीय पिता नरिश्वर सापकोटा, जिल्ला उपाध्यक्ष सरिता थापाका दाजु खिमबहादुर बिष्ट र पूर्व जिल्ला उपाध्याक्ष लोकेश्वरी अधिकारीकी ममतामयी आमाको भएको निधनप्रति दुःख ब्यक्त गर्दै बैठकले समवेदना प्रकट गरेको छ । बैठकले माघीका अवसरमा सम्पूर्णमा शुभकामनासमेत ब्यक्त गरेको छ । जिल्ला महासंघका उपाध्यक्ष सरीता थापाको स्वागत मन्तब्यबाट शुरु भएको बैठकको सहजीकरण सचिव जानका केसीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here