- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरवनस्पति उद्यानको भवन शिलान्यास

वनस्पति उद्यानको भवन शिलान्यास

- Advertisement -spot_img

तुलसीपुर, २६ जेठ । प्रदेश नम्बर ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले समृद्धिका लागि वन वातावरण तथा पर्यटन क्षेत्रको विकास अनिवार्यता रहेको बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर स्थित राप्ती शान्ति उद्योगमा वनस्पति उद्यानको भवन शिलान्यास गर्दै मन्त्री गिरीले सम्भावित पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार लागेको बताए ।
उनले पर्यटन क्षेत्रका हिसावले प्रदेश नम्बर ५ धेरै सम्भावना बोकेको प्रदेश भएको भन्दै अब प्रदेशमा पर्यटकीय स्थलको संरक्षण र प्रचारप्रसार गर्नुपर्ने बताए ।
राप्ती शान्ति उद्यानमा स्थापना हुन लागेको वनस्पति उद्यानले वन र वातारणका संरक्षणसँगै पर्यटन गन्तव्यलाई पनि जोड्ने बताए । राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गिरीले पर्यटकीय क्षेत्रको विकासमा स्थानीयले पनि चासो दिनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले उपमहानगरभित्र चालु वर्षमा पर्यटन विकासका लागि १० करोड बढीका योजना रहेको बताए । उपमहानगरपालिकालाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न तुलसीपुर जाऔँ अभियान सञ्चालन गरेको बताए ।
यसैबीच प्रदेश नम्बर ५ को २ करोडको लागतमा बोटानिकल गार्डेनका लागि भवन शिलान्यास गरिएको छ । चालु वर्षमा निर्माण सक्ने गरी भवनको शनिबार शिलान्यास गरिएको हो ।
तुलसीपुरमा वनस्पति उद्यान सञ्चालनमा आएपछि वन विज्ञानसम्बन्धी अध्ययन गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता पनि अन्त्य हुने अध्यक्ष भण्डारीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here