वनमा आगो रोक्न उच्च सर्तकता

फिचर मुख्य खबर समाज

जिल्लाको अधिकांश वन क्षेत्र चुरेले घेरिएको छ । धेरैजसो यहाँको वन क्षेत्र चुरे भएकाले डढेलोको उच्च जोखिममा छ । विगतका वर्षहरुमा पनि दाङका धेरै वनमा डढेलो लागेको थियो । जसले गर्दा वन्यजन्तुहरु प्रत्यक्ष प्रभावित छन् ।
डढेलो लागेमा छोटो समयमा धेरै क्षेत्र सखापसमेत हुने गर्दछ । जिल्लाका वनमा त्यो जोखिम भित्रिन नदिन वन डिभिजन कार्यालय दाङ, दाङले उच्च सर्तकता अपनाएको छ । यहाँका सर्वसाधारणलाई वनमा आगो नलगाउन र वन क्षेत्रमा चुरोट प्रयोग नगर्न वन उपभोक्तामार्फत समेत सचेत गराउन सुरु गरेको छ ।
अझैपनि घाँसको लागि उपभोक्ताले वनमा आगो लगाउने र बाटोमा हिड्ने बटुवाले समेत चुरोट खाएर वनमा फाल्ने प्रवृति छ । ससाना बच्चाहरुले अञ्जानमा वनमा आगो लगाउने समेत गरेका छन् ।
गर्मीको समयमा सानो आगोको झिल्काले सिंगो वन नै सखाप पार्ने भएकाले स्थानीयबासी र वन उपभोक्ता समूह नै सचेत र सजग गराउने काम भएको वन डिभिजन कार्यालयले जनाएको छ । कार्यालयले वन उपभोक्ता समूह र स्थानीयबासी, नागरिक र विद्यार्थीहरुलाई वन डढेलो ज्ञान दिने कामसमेत गरेको छ । उसले उपभोक्तालाई डढेलो नियन्त्रणको लागि ‘कोचिङ कक्षा’ दिएर सचेत गराउने गराएको छ ।

वनमा आगो लगायो भने नयाँ पालुवा पलाउँछ भन्ने अन्धविश्वासका कारण पनि वनमा कतिपयले जानी–जानी आगो लगाउनेसमेत काम गरेका छन् । त्यसो गरेमा वनमा रहेका जडिवुटी, विरुवा र वन्यजन्तुमा क्षति पुग्ने पुग्छ । वन डढेलोबाट बचाउनको लागि अग्नीरेखा बनाउनसमेत उपभोक्तालाई अनुरोध गरिएको छ ।


त्यसैगरेर डढेलो नियन्त्रणका लागि सवडिभिजन वन कार्यालयहरुका स्तरीय सञ्जालहरु पनि तयार पारेको छ । वनमा लाग्ने डढेलो नियन्त्रण गर्नको लागि नागरिक समाजसहित वन उपभोक्ताहरुलाई सचेत गराउने काम भएको वन डिभिजन कार्यालयका सहायक वन अधिकृत नेपाली शाहले बताए ।
‘गर्मीयाम शुरु भईसकेको छ । वनमा डढेलो कुन समयमा लाग्छ ? भन्न सकिन्न’ सहायक वन अधिकृत शाहले भने ‘डढेलो नियन्त्रण गर्नको लागि स्थानीय समुदायदेखि सव वन डिभिजन कार्यालयहरुका स्तरीय सञ्जालहरुमा सचेत र सजक गराउने काम भएको छ ।’ वनमा डढेलो लागेको समयमा डढेलो नियन्त्रण गर्न आवश्यक सामाग्रीहरु पनि जिल्लामा छन् ।
जिल्लामा वनमा आगो लागेको समयमा नियन्त्रण गर्ने सामाग्रीहरुसमेत खरिद गरिसकेको उनले बताए । वन डढेलो व्यवस्थापन तथा नियन्त्रण गर्नको लागि जिल्लामा रहेको १५ वटा सव वन डिभिजनहरुलाई तालिम दिएर तयारी अवस्थामा राखिएको छ ।
सवडिभिजन वनहरुलाई सामुदायिक आधारित डढेलो व्यवस्थापन, आगलागी नियन्त्रणसम्बन्धी सचेतना कोचिङ दिने काम भएको वन डिभिजन कार्यालयले जनाएको छ । उनका अनुसार सवडिभिजन कार्यालयहरुलाई सचेतिकरण मात्र नभएर वन डढेलो नियन्त्रण तथा रोकथामका लागि अग्नीरोध सामाग्रीसमेत वितरण गरिएको छ ।

उनीहरुलाई वनमा डढेलो लाग्यो भने कसरी नियन्त्रण गर्ने र डढेलो नियन्त्रण गर्नको लागि कुन संयन्त्रहरु अपनाउने विषयमा सामुदायिक तहदेखि नै सचेत गराउने काम गरेको उनले बताए ।
वन डढेलो नियन्त्रण र व्यवस्थापन गर्नको लागि अम्बिकेश्वरी, कमिरेचौर, सुनपुर, नारायणपुर, मलवार, तुलसीपुर, बैबाङ, चिराघाट, पुरन्धारा, कौसलपुर, नर्ती, सतवरिया, गंगदी, गढवा र कालाकाटे सव वन डिभिजन कार्यालयहरु छन् ।
वनमा डढेलो लागेको समयमा नियन्त्रण गर्नको लागि फायर फाइटिङहरुको लागि बेल्चा, लाफा, गैती, पानी ट्याङ्की, जुत्ता, आगोले नपोल्ने कपडालगायतका सामाग्रीहरु सञ्जालहरुसम्म पठाउने काम भएको वन डिभिजन कार्यालयका सहायक वन अधिकृत शाहले बताए ।
यो वर्ष वनमा डढेलो नियन्त्रण तथा व्यवस्थापन गर्नको लागि सरकारले लाखौँ रुपैयाँ बजेटसमेत छुट्याएको छ । डढेलो व्यवस्थापन सामाग्री तथा अग्नीरोधक सामाग्री खरिद गर्नको दुई लाख रुपैयाँ, आगलागी नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि बजेट छुट्याएको छ ।
त्यसैगरी समुदाय आधारित वन डढेलो नियन्त्रण गर्नको लागि भरतपुर, धनौरी र गढवा सेक्टरको लागि पनि बजेट विनियोजन गरेको सहयाक वन अधिकृत शाहले बताए ।

अझैपनि घाँसको लागि उपभोक्ताले वनमा आगो लगाउने र बाटोमा हिड्ने बटुवाले समेत चुरोट खाएर वनमा फाल्ने प्रवृति छ । ससाना बच्चाहरुले अञ्जानमा वनमा आगो लगाउने समेत गरेका छन् ।

त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना योजनाको लागि पनि पाँच लाख छुट्याएको उनले बताए । डढेलो रोक्न तथा नियन्त्रण गर्नको लागि पोष्टहरु टाँगिएको, सञ्चार माध्यमहरुमा सूचना जारी गरेको छ ।
चुरोट खाईसके पछिको ठुटो जथाभावी नफाल्न, वनमा डढेलो नलगाउन उपोक्ता तथा आम सर्वसाधारणहरुलाई अपिलसमेत गरेको छ । वनमा आगो लगायो भने नयाँ पालुवा पलाउँछ भन्ने अन्धविश्वासका कारण पनि वनमा कतिपयले जानी–जानी आगो लगाउनेसमेत काम गरेका छन् ।
त्यसो गरेमा वनमा रहेका जडिवुटी, विरुवा र वन्यजन्तुमा क्षति पुग्ने उनले बताए । वन डढेलोबाट बचाउनको लागि अग्नीरेखा बनाउनसमेत उपभोक्ताहरुलाई अनुरोध गरिएको छ । जिल्लामा १ लाख २ हजार ९ सय ६०.१३ हेक्टर क्षेत्रफलमा सामुदायिक वन र ८९ हजार ९ सय १४.९७ हेक्टर राष्ट्रिय वन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *