वडा नं. ३ को टोल भेला

समाज
दंगीशरण, १२ असार । दंगीशरण गाउँपालिका वडा नं. ३ को टोल भेला भएको छ । भेलामा वडाका नागरिकहरुले विभिन्न सेवा सुविधाबाट आफू बञ्चीत रहेको बताएका छन् । उनीहरुले स्थानीय तहले २ बर्षभित्रमा धेरै विकासे काम गरेपनि अझै आफूहरुले सोचेजस्तो सुविधा नपाएको उनीहरुको ठहर थियो ।
उनीहरुले एक घर एक धारा हुनुपर्ने माग राखेका थिए । विजुली र पदमपुरका स्थानीयहरु आफूहरुलाई खानेपानीको समस्या भएको भन्दै खानेपानीको ब्यवस्थापन गरिदिन माग गरे । यस्तै वडाबाट हुुनुपर्ने सबै सेवा सुविधाहरु सहज रुपमा पाउनुपर्ने बताए । वडा नं. ३ मा भएको वडा भेलामा वडा उनीहरुले पहिलो खानेपानी, सिंचाई, बाटो, लिफ्ट सिंचाई र महिलाहरुका लागि विभिन्न सीपसम्बन्धी तालिमको आयोजना गरिनुपर्ने कुरा राखेका थिए ।
उक्त अवसरमा वडा अध्यक्ष पूर्ण बहादुर चौधरीले पदमपुरमा यहि आर्थिक बर्षमा खाने पानी ट्यांकी बन्ने प्रक्रियामा रहेकाले जनताहरु धेरै समयसम्म खोपानी समस्याबाट गुज्रिनु नपर्ने बताए । त्यस्तै अध्यक्ष चौधरीले हेकुलीमा सिंचाईका लागि बोरिङ र कुलो निर्माण गरिने जानकारी गराए ।
यस्तै बाटो कालोपत्रे पनि यही आर्थिक बर्षमा गरिने बताए । चखौरा र हेकुलीको बाटोका लागि प्रदेश सरकारबाट २ करोड बजेट परेको जानकारी दिए । वडाले हेकुली, चखौरा, रावतगाउँ, बिजुलीपुर, चितानपुर, एकली र बिजुलीपुरमा टोल भेला गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *