वडा कार्यालयहरुमा विरुवा रोपियो

मुख्य खबर

घोराही, १९ साउन ।
घोराही उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालय परिसरमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको छ । वडा अध्यक्ष रेवबहादुर बुढाथोकीको नेतृत्वमा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी पाण्डेसहित जनप्रतिनिधि र कर्मचारीहरुले विरुवा रोपेका हुन् ।
कार्यालयको हाताभित्र साढे २ बिगाह क्षेत्रफलमा ५ सय विरुवा रोपिएको छ । आँप, लिची, अम्बा, अमला, कपुर, मुण्डली, निम, बकाईनो र जमानुका बिरुवाहरु रोपिएको हो । यसैबीच घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा पनि विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ । वडाको सगरमाथा टोल विकास संस्थाअन्तर्गत लाकुरीबजार खानेपानी क्षेत्र, प्रावि लिथान र भगवती माविको हाताभित्र करिब आठसय विरुवा रोपिएको वडा अध्यक्ष हर्कबहादुर घर्तीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *