- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरवडा अध्यक्ष बुढाको निधन

वडा अध्यक्ष बुढाको निधन

- Advertisement -spot_img

घोराही, १४ मंसिर । घोराही उपमहानगरपालिका—१६ का वडा अध्यक्ष लक्षिनप्रसाद बुढा मगरको निधन भएको छ । गएको जेठ महिनादेखि बिरामी भएका वडा अध्यक्ष बुढा मगरको बिहीवार राति निधन भएको हो ।
२०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा घोराही–१६ को वडा अध्यक्ष पदमा निर्वाचित बुढा मगरले वडामा नमुना काम गर्दै आएका थिए । विभिन्न रोगले ग्रसित बुढा मगरको उपचार नेपाल, भारत र थाइल्याण्डमा समेत उपचार गरिएको थियो । बुढा मगरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको अन्तिम दाहसंस्कार बिहिबार घोराहीको शंखेपिपलघाटमा गरिएको थियो । घोराही उपमहानगरपालिकाले वडा नम्वर १६ का अध्यक्ष लछिनप्रसाद बुढामगरको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक नगर कार्यपालिका बैठकले वडानम्वर १६ का अध्यक्ष बुढामगरको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । साथै नगर कार्यपालिका बैठकले निर्णय गरेअनुसार अध्यक्ष बुढामगरको निधनको शोकमा बिहीबार एकदिन उपमहानगरको कार्यालय, वडा कार्यालय तथा शाखा महाशाखाहरु बन्द गरिएको थियो । उनको निधनको शोकमा एक मिनेट मौनधारण गर्ने, १३ दिनसम्म उपमहानगरका फोटो तथा शोक पुस्तिका राख्ने निर्णय भएको प्रवक्ता भरत अर्यालले जानकारी दिए ।
उपमहानगरले वडा अध्यक्ष बुढामगरको निधनले अपुरणीय क्षति पुगको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा श्रद्धाञ्जली र शोकाकुल परिवारजन प्रति गहिरो समबेदना प्रकट गरेको छ । घोराही उपमहानगर १६ निवासी ४९ वर्षिय बुढामगर जण्डिस रोगबाट पीडित थिए । बुढामगरको निधन प्रति प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल, संघीय संसदका सभामुख कृष्णबहादुर महरा लगायत विभिन्न नेताहरुले समेत समवेदना प्रकट गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here