वडा अध्यक्ष कारागार चलान

मुख्य खबर

रुकुम, ११ कात्तिक । शिक्षक बेपत्ता पारेको अभियोगमा अनुसन्धानमा तानिएका रुकम पूर्वका एकजना वडा अध्यक्षसहित पाँचजना पुर्पक्षमा लागि कारागार चलान भएका छन् । पुथा उत्तरगंगा गाउँपालिका–२ को आधारभूत विद्यालयका शिक्षक ५१ बर्षीय मखनकुमार केसीलाई बेपत्ता पारेको अभियोगमा वडा अध्यक्ष सतसिङ बुढासहित पाँचजनालाई रुकुमकोट जिल्ला अदालतले कारागार चलान गर्न निर्देशन दिएको हो ।
जिल्ला न्यायधीश दुर्गाबहादुर भुसालको इजलासले वडा अध्यक्ष बुढासहित सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी, सोही ठाउँका रामराज झाँक्री, विनोद खत्री र पुथा उत्तरगंगा गाउँपालिका–१० का खिन्ते भनिने विकास बुढालाई कारागार चलान गरेको अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले जानकारी दिए । शिक्षक केसी भदौ दोस्रो हप्तादेखि परिवार तथा आफन्त कसैको पनि सम्पर्कमा छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *